टेकनो मोबाइलको स्पार्क गो २०२४ मोडल सार्वजनकि

दाङ, माघ २४ । राप्तीको आधिकारिक डिलर शिबशंकर ट्रेर्डसले टेकनो मोबाइल कम्पनीको स्पार्को २०२४ मोडलको सेट बजारमा ल्याएको छ । बुधबार घोराहीमा एक कार्यक्रमको आयोजना गरी उक्त मोबाइलको सेट सार्वजनिक गरिएको हो ।
शिब शंकर ट्रेडर्सका सञ्चालक शिवराज जिसीको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा मोबाइल व्यवसायी संघका लुम्बिनी प्रदेश अध्यक्ष चेतनारायण शर्मालगायतका व्यवसायीहरुले मोबाइल सेट सार्वजनिक गर्नुभएको थियो । सो अबसरमा बोल्दै शर्माले मोबाइल सेट समय सापेक्ष भएको बताउनु भएको थियो ।

टेक्नो स्पार्क गो २०२४ कम्पनी यस वर्ष सार्वजनिक गरेका धेरै स्मार्ट फोनहरू मध्ये एक फोन हो । यो एक आकर्षक डिजाइन र सुपथ मुल्यको साथमा आएको छ । यो फोन अगाडि ग्लास, प्लास्टिक ब्याक, साईडमा फिङ्गर प्रिन्ट, पछाडी ३ वटा क्यामरा र प्लास्टिक फ्रेम बिल्डको साथमा आउँछ ।
टेक्नो स्पार्क गो २०२४ फोन ५,००० एमएएच नन रिमुभेबल लि–पो ब्याट्रीद्वारा समर्थित छ । फोनले १० वाट चार्जर पाउछ र ४ जी नेटवर्क जडानको साथ डुअल सिम समर्थन गर्दछ ।

त्यसैगरी, यसमा जीपीएस सपोर्ट, एनएफसी सपोर्ट, एफएम रेडियो र वायरलेस पेयरिङका लागि ब्लुटुथ पनि छ । टेक्नो स्पार्क गो २०२४ को ८÷६४ जीबी भेरियन्टको मूल्य ११ हजार ९ सय ९० रुपैयाँ छ ।