अपाङ्ग महासंघद्धारा पालिका उपप्रमुखहरुलाई सूचना तथा स्रोत सामाग्री वितरण

माघ , घोराही
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्बिनी प्रदेशको आयोजनामा अपाङ्गताका सवालमा विद्यमान नीतिगत प्रावधान तथा पुनस्र्थापना सम्बन्धी सचेतनामूलक सामाग्री वितरण कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशभरीका १०९ वटा स्थानिय तहका उप प्रमुख तथा उपाध्यक्ष ज्युहरुलाई अपाङ्गता व्यवस्थापन तथा स्वास्थ्य पुनस्र्थापना सम्बन्धी कार्यमा सहज पुराउने उद्देश्यले उक्त सचेतना सामाग्री वितरण गरिएको हो ।

महासंघका प्रदेश अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता तथा संघिय अध्यक्ष देविदत्त आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रदेश उपाध्यक्ष देवा डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको थियो भने संघिय परियोजना अधिकृत सन्दिप वि।क।ले सबैका लागि स्वास्थ्य सम्बन्धी पुनस्र्थापना हाते पुस्तिका, अपाङ्गतामैत्री सञ्चार निर्देशिका २०७३ र अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी ऐन २०७४को पहिलो संशोधन २०७५ लगाएतका स्रोत सामाग्रीको आवस्यकता महत्व र प्रयोग बारेमा सहजीकरण गर्नुभएको थियो । संघिय अध्यक्ष तथा प्रदेश अध्यक्ष ज्युहरुले सबै स्थानिय तहका उपप्रमुख ज्यूहरुलाई उक्त सामाग्री हस्तान्तण गर्नुभएको हो ।

सूचना सामाग्री हस्तान्तरण गर्दै संघिय अध्यक्ष देवदत्त आचार्यले जनप्रतिनिधिहरुले अपाङ्गता भएका व्यक्तिहरुको लागि काम गर्न तिब्र इच्छा र चाहना भए पनि स्रोत सामाग्रीहरुको अभावका कारण प्राविधिक रुपमा केही कठीनाईको महसुस गरी महासंघले उक्त सुचना तथा स्रोत सामाग्रीको प्रकासन गरी जनप्रतिनिधिहरुको हात सम्म पुराउने प्रयास गरेको बताउनु भयो । त्यसैगरी प्रदेश अध्यक्ष हुमनाथ अधिकारीले अपाङ्गता भएका व्यक्तिहरुको लागि स्थानिय सरकारले गरीरहेको सकारात्मक प्रयासमा आफुहरुले मलजल गर्ने प्रयास गरेको बताउनुहुदै यस कार्यक्रमले अपाङ्गताको सवालमा स्थानिय सरकार महासंघको सहकार्यमा थप बल पुग्ने विश्वास व्यक्त गर्नु भयो भने घोराही उमपहानगरपालिकाका उप प्रमुख हुमा कुमारी डिसीले महासंघ लगाएत अपाङ्गता क्षेत्र संघ संस्थाहरुको सहकार्यमा आफुहरु अगाडी बढीरहेको र महासंघको यसखालको कार्यक्रम तथा प्रकाशन गरीएका स्रोत सामाग्रीहरु आफुहरुलाई थप सहयोग मिल्ने बताउनु भएको थियो

। अपाङ्गता सम्बन्धी सचेतना तथा स्रोत सामाग्रीहरु लुम्बिनी प्रदेशका उपाध्यक्ष देवा डाँगी, कोषाध्यक्ष अजय कुमार शर्मा, सल्लाहाकार प्रतिमा शर्मा समेतले समुह समुहगत रुपमा उपाध्यक्ष तथा उपप्रमुखहरुलाई सामाग्री वितरण गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण प्रदेश व्यवस्थापक धिरेन्द्र वि।क।ले गर्नुभएको थियो ।