‘गुरुकुलले छोटो समयमानै शिक्षामा छलाङ मारेको छ’

 

१.सर्वप्रथम यँहालाई स्वागत तथा बधाई छ ?
– धन्यवाद १
२. सबै भन्दा पहिले त आम अभिभावकलाई यो बताइदिनुस कि तुलसिपुरमा गुरुकुल किन आबश्यक थियो ?
– शिक्षा जिविकाका लागि मात्र नभई जिवनका लागि हो । शिक्षा हाँसिल विभिन्न माध्यमबाट गर्न सकिन्छ र औपचारिक माध्यम भनेका विद्यालयहरू हुन् । लुम्बिनी प्रदेशको दाङ जिल्लाको घोराहीमा वि.सं २०७२ सालमा बालबालिकालाई पूर्ण मानव बनाउने उद्धेश्यले स्थापित दाङकै कान्छो विद्यालयले संस्कार सहितको शिक्षा र व्यावहारिक शिक्षा बाँड्दै आएको छ ।

छोटो समयमा शिक्षा क्षेत्रमा छलाङ मारेको गुरुकुल एकेडेमी दाङको घोराहीमा मात्र सीमित हुनुहुँदैन भन्ने आम दाङवासीहरूको आवाजलाई मध्यनजर गर्दै तुलसीपुरमा गुरुकुल एकेडेमी, घोराहीले आफ्नो शाखा विस्तार गर्नुपरेको हो । गुरुकुल एकेडेमीले किताबी ज्ञानलाई मात्र महत्व नदिई बालबालिकाको सर्वाङ्गिन विकासका लागि थुप्रै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयको नियमित तालिकामा समावेश गरी पठनपाठन गराउँछ । अहिले शिक्षाले बालबालिकालाई दिन प्रतिदिन कमजोर बनाएको जस्तो देखिन्छ । हामी बढि भन्दा बढि अङ्कमा केन्द्रित हुँदा हरेक बालबालिकालाई शैक्षिक उपलब्धी हाँसिल गर्न, दिगो सिकाइ गर्न भन्दा पनि परीक्षामा आफ्नो अङ्क कम आउला भन्ने डरले सताईरहन्छ । जसले गर्दा उनीहरू दिनप्रतिदिन मानसिक रुपमा कमजोर हुँदै जान्छन् । शिक्षाले कहिल्यै पनि बालबालिकालाई कमजोर बनाउनुहुँदैन बरु बलियो पो बनाउनुपर्छ त १ तसर्थ तुलसीपुर र यस आसपासका बालबालिकालाई संस्कार सहितको व्यावहारिक ज्ञान दिन गुरुकुल एकेडेमी तुलसीपुरमा आवश्यक छ ।
३. हजुरले भनेको आबश्यकता अनुसार गुरुकुल एकेडेमी संचालन गदै गर्दा तयारी के गर्नुभएको छ ?
– गुरुकुल एकेडेमी, तुलसीपुरको गोलौरामा अवस्थित छ । अहिले बाह्य रुपमा देखिने भनेको पूर्वाधार निर्माणको कार्य तिब्र गतिमा चलिरहेको छ र सँगसगै अन्य व्यवस्थापनको पाटो पनि तयार भइरहेको छ । गुरुकुल एकेडेमी तुलसीपुरमा अढाई बिघा (४७ कठ्ठा) क्षेत्रफलमा फैलिएको छ । जसमा बालबालिकाका विभिन्न गतिविधिका लागि पर्याप्त ठाउँ रहनेछ । विद्यालयले स्थानीय मानव संसाधनको व्यवस्थापन गर्ने कार्य अगाडि बढाएको छ । यस लगत्तै छनोट भएका शिक्षक तथा कर्मचारीलाई तालिमको व्यवस्था गर्ने योजना बनाएको छ । जसले गर्दा हाम्रा बालबालिकालाई पूर्ण मानव बनाउने व्यक्तिहरु सही तरिकाले आफ्नो कार्यसम्पादनमा लाग्नुहुनेछ ।

४. आगामि शैक्षिक सत्र संचालन गर्ने तयारीमा हुनुहुन्छ अनि हजुर नव नियुक्त प्राचार्य भएर आउदै गर्दा हजुरसंग विद्यालय संचालनको लागि कस्ता योजना बनाउनुभएको छ ?
– गुरुकुल एकेडेमी, तुलसीपुर–०६, दाङले प्रि–स्कुल तर्फको कक्षा सञ्चालन यही वर्षको फागुन महिनाबाट गर्ने छ । हामीले फागुन २ गते सरस्वती पूजाको दिन प्रि–स्कुलका बालबालिकाहरुको विशेष गरी प्ले गु्रपका बालबालिकाहरूको विधिवत् पूजाआजा गरी अक्षरारम्भ गराउनेछौँ र उहाँहरूको पठनपाठन शुरु गर्नेछौँ । म सम्पूर्ण तुलसीपुर र आसपासका क्षेत्रमा बसोबास गर्नुहुने अभिभावक ज्यूहरूलाई विद्यालय भिजिट गरी विद्यालयको बारेमा जानकारी लिनुहुन अनुरोध गर्दछु । गुरुकुल एकेडेमीले बालबालिकाको सर्वाङगिन विकासको लागि गुरुयोजना बनाएको छ । विशेषगरी हामी ५ वटा महत्वपूर्ण कुरामा दत्तचित्त भएर पठनपाठनमा लाग्नेछौँ ।
क) राष्ट्रिय र स्थानीय पाठ्यक्रम सँगसँगै जीवनोपयोगि सिप सिकाइन्छ ।
ख) शैक्षिक र अतिरिक्त क्रियाकलापलाई समान महत्व दिइन्छ ।
ग) विद्यार्थी केन्द्रित शिक्षण विधि च्भऋत्ब् ९च्भायचmभम बलम ऋयलतभहतगब ित्भबअजष्लन ब्उउचयबअज० को प्रयोग गरि पठनपाठन गरिन्छ ।
घ) प्रविधिमैत्री कक्षाकोठा हुनेछन् र हाम्रा बालबालिकालाई अन्तर्राष्ट्रिय स्तरका विद्यालयह«सँग सहकार्य गराइन्छ ।
ङ) विद्यालयको वातावरण शान्त र सुरक्षित बनाइन्छ ।

५. गुरुकुल एकेडेमीमा अध्ययण गर्न आँउदा विद्यार्थिहरुले के विश्वास गरेर आउने ?
– गुरुकुल एकेडेमीले हरेक विद्यार्थीलाई उत्तिकै महत्व दिने गर्दछ । प्रत्येक विद्यार्थीलाई समान अवसर दिने गर्दछ । उसले आफ्नो रुचि र क्षमता अनुसारको अतिरिक्त क्रियाकलापमा सहभागि हुन पाउँछ जसले गर्दा उ शैक्षिक र अतिरिक्त हिसाबले परिपक्व हुने अवसर मिल्छ । तसर्थ हरेक विद्यार्थीले गुरुकुल एकेडेमीमा आउँदा आफ्नो भविष्य सुनिष्चित हुन्छ भन्ने विश्वास राख्दा हुन्छ । विद्यार्थीहरुले पाठ्यपुस्तकको ज्ञानको अलावा नृत्य, टेकवाण्डो, संगित, पब्लिक स्पिकिङ, भोकल, क्रिकेट, बास्केटबल, स्विमिङ आदि जस्ता क्लबहरूमा आफ्नो रुचि अनुसार भाग लिन पाउँछन् ।

६. सबैको चासोको बिषय रहेको कुरा गुरुकुल एकेडेमीमा नाम दर्ता तथा मासिक शुल्क अत्यधिक महंगो छ भन्ने ब्यपाक गुनासो छ के यो कुरा साँचो हो यदि होइन भने के कस्तो ब्यबस्था गर्नुभएको छ ?
– गुरुकुल एकेडेमीले बालबालिकाको सर्वाङगीन विकासका लागि विभिन्न सुबिधाहरू उपलब्ध गराउने गर्दछ । कक्षा शिक्षण प्रभावकारी बनाउनका निमित्त गरेर सिक्ने वा बालबालिकालाई विभिन्न परियोजनामा सहभागि गराई अध्यापन गर्ने गरिन्छ । उनीहरूको व्यक्तित्व विकासका लागि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परियोजनामा सहभागि गराउँछ । विद्यालयको समय तालिका अनुसार बालबालिकाको पठनपाठन बिहान ९ बजेदेखि शुरु भई बेलुका ४ः३० बजेसम्म हुन्छ ।

यो समयमा मन्टेश्वरीका बालबालिकाले बिहानको खाजा, खाना र दिउँसो नास्ता पनि विद्यालयमै खानुहुन्छ र स्कुल तर्फका बालबालिकाले बिहानको खाना र दिउँसोको नास्ता विद्यालयमा खानुहुन्छ । बालबालिकाका लागि विभिन्न स्थलगत भ्रमणहरू पनि भइरहेका हुन्छन् । विद्यालयले बालबालिकालाई आवश्यक पर्ने स्टेशनरी विद्यालयबाटै उपलब्ध गराउँछ । बालबालिकाको क्षमता अभिवृद्धि गर्नका निमित्त विभिन्न समयमा जिल्ला बाहिरबाट प्रशिक्षक बोलाई विभिन्न तालिम दिइरहन्छ ।

बालबालिकालाई विद्यालयले दिने यी र यावत् सुविधाहरू र विशेष गरी पूर्ण मानव बनाउने कार्यमा कुनै पनि कसर बाँकी नराखी जुन किसिमको वातावरणको उपलब्धता विद्यालयले विद्यार्थीकालागि गरेको हुन्छ त्यो अर्थमा गुरुकुल एकेडेमी अन्य विद्यालयको तुलनामा सस्तो मान्नुपर्छ । अहिले सामान्यतया अभिभावकले एउटा बच्चाको लागि औषतमा एक दिनका लागि १०० रुपैया खाजा खर्च भनेर दिने गर्नुहुन्छ । त्यो अर्थमा पनि झण्डै ३,००० त खाजामै खर्च हुन्छ । त्यसै गरि खाना र अन्य सुविधाको कुरा गर्दा पनि औषतमा ६,००० देखि ७,००० रुपैया छुट्याउनुपर्ने हुन्छ । त्यसै गरी विद्यालयले बालबालिकाको रुचि अनुसारका क्लबहरु सञ्चालनका लागि विज्ञ प्रशिक्षकहरू नियुक्त गरेको हुन्छ ।
वर्तमान समयमा विज्ञहरू विशेष गरी २ वटा कुरामा लगानी गर्नका निमित्त प्रेरित गर्छन् । पहिलो वातावरण संरक्षण गर्नका निमित्त वृक्षारोपनमा भने दोश्रो देश निर्माणका लागि शिक्षामा । तसर्थ गुरुकुल एकेडेमीमा बालबालिकाले जुन किसीमको व्यक्तिगत हेरचाह र आफ्नो अन्तरनिहित क्षमतालाई प्रष्फुटन गराउने वातावरण प्राप्त गर्दछन् , त्यो अर्थमा गुरुकुल एकेडेमी कत्ति पनि महङ्गो छैन ।

गुरुकुल एकेडेमीमा अध्ययन गर्ने बालबालिकाले अगाडि भनिएका सुबिधा र वातावरण प्राप्त गरिरहदा मासिक रुपमा १२,००० देखि १५,००० रुपैयासम्म छुट्याउनुपर्ने हुन्छ । त्यसै गरि गुरुकुल एकेडेमीले आफ्ना अभिभावकलाई विभिन्न समयमा विभिन्न स्किमको सुबिधा पनि दिइरहेको हुन्छ । उदाहरणकालागि सरस्वती पूजामा विशेष छुटमा इच्छुक अभिभावकज्यूहरूले आफ्ना बालबालिकाको भर्ना गरिदिन सक्नुहुन्छ । त्यसै गरि कुनै पनि बच्चाको पहिलो जन्मदिनका लागि पनि विद्यालयले विशेष अफर राखेको हुन्छ । गुरुकुल एकेडेमीले दिएको सुबिधा वा त्यो भन्दा पनि कम सुबिधा दिइरहेका दाङ बाहिरका विद्यालयहरू गुरुकुल एकेडेमी भन्दा धेरै महङ्गाा छन् तर गुरुकुल एकेडेमी नाफामुखी भन्दा पनि पूर्ण मानवको परिकल्पना साकार पार्दै देश निर्माण कार्यमा लागिरहेको छ र लाग्नेछ ।

७. हजुरले भनेको लक्ष्य अनुसार आम अभिभावकको बुझाइमा फरक देखियो आम जनमानसमा शिक्षामा ब्यापार गरेको भन्ने आरोप पनि छ यो कति सम्म सत्यता हो ?
यहाँले भनेजस्तै गुरुकुल एकेडेमीले शिक्षामा व्यापार गरेको भन्ने कुरा मैले अन्य व्यक्तित्वहरूबाट पनि पटक पटक सुन्ने गरेको छु । वि.सं २०७२ सालका घोराही, दाङमा स्थापित विद्यालयले शुरुको वर्ष ११० विद्यार्थीलाई अध्यापन गरेको थियो र अहिले २०८० मा आइपुग्दा झण्डै ८०० विद्यार्थीलार्य पठनपाठन गराईरहेको छ र हरेक वर्ष विद्यार्थीको चाप बढिरहेको छ । विद्यालयले आफ्नो पूर्वाधारले भ्याएसम्मका विद्यार्थीहरूमात्र भर्ना गरेको छ । यो भन्नुको अर्थ जति पनि अभिभावकज्यूहरू गुरुकुल एकेडेमीमा जोडिनुभएको उहाँहरूलाई स्पष्ट ज्ञान छ कि गुरुकुल एकेडेमीले व्यावहारिक ज्ञान दिइरहेको छ भनेर । उहाँहरूले आफ्ना बालबालिकाको उज्ज्वल भविष्यकालागि शिक्षामा लगानी गर्नुपर्दोरहेछ भन्ने कुरा बुझिसक्नुभएको छ ।

८. अन्त्यमा मैले सोध्न भुलेको र हजुरलाई भन्न मन लागेको केहि छ कि ?
– यहाँले सम्पूर्ण विषयवस्तु उठान गरिसक्नुभएको छ । दाङको कान्छो र शिक्षालाई फरक ढङ्गले परिभाषित गर्ने विद्यालय, व्यावहारिक ज्ञान दिने विद्यालय गुरुकुल एकेडेमी वि.सं २०७२ देखि दाङको घोराहीमा शिक्षा दिदै आएको छ भने आगामी वर्ष २०८१ र यही वर्ष २०८० फागुन २ गते सरस्वती पूजाको दिनदेखि दाङकै अर्को उपमहानगरपालिका तुलसीपुरदेखि शिक्षा बाँड्ने जमर्को गरेको छ । तुलसीपुर वासी सम्पूर्ण विद्यार्थीहरू र अभिभावकज्यूहरूकालागि यो अत्यन्त सौभाग्य हो ।

जतिपनि अभिभावकज्यूहरू आफ्ना बालबालिका गुरुकुल एकेडेमीमा भर्ना गराउनका लागि इच्छुक हुनुहुन्छ, उहाँहरूलाई म तुलसीपुर–०६, गोलौरामा रहेको विद्यालयको कार्यालय भिजिट गर्नकालागि अनुरोध गर्दछु र सँगसँगै यस क्षेत्रमा शिक्षण पेशामा लाग्नुहुने सम्पूर्ण शिक्षाप्रेमी, विद्यालय सञ्चालकज्यूहरूलाई पनि व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड गर्नका निमित्त हार्दिक अनुरोध गर्दछु । एउटा विद्यालयले शुरुवात गरेका राम्रा कुराहरू अनुसरन गर्र्दै लागु गर्नतर्फ प्रेरित गर्दछु ।

सफल व्यक्तिहरूले कुनै छुट्टै काम गर्दैनन् बरु त्यही कामलाई फरक ढङ्गले गर्ने गर्दछन् । तसर्थ तपाई हामी विद्यालय सञ्चालकहरूले पनि हिजो जसरी शिक्षा आदानप्रदान चलेको थियो त्यसरी मात्रै गरेर नपुग्ने हुन सक्छ । शिक्षा प्रदान गर्ने विधि परिवर्तन गर्नुपर्ने हुनसक्छ र सो अनुसार व्यवहार गर्नुहुनेछ, गर्नुपर्दछ भन्ने अपेक्षा राख्दछु ।

गुरुकुल एकेडेमी यहाँको क्षेत्रमा आएको छ र हातेमालो गर्दै संयुक्त रुपमा गुणस्तरीय र संस्कार सहितको शिक्षा प्रदान गर्ने प्रक्रियामा सहभागि हुनेछ । सबै शिक्षाक्षेत्र मिलेर अगाडी बढ्नुपर्ने, दाङलाई शिक्षाको हब बनाउनुपर्ने समय आएको कुरा अवगत गराउँदै धन्यवाद दिन चाहान्छु ।

धन्यवाद ।

गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक -मुकुन्द गिरी