लमही महोत्सवमा मंगलबार राजमी खाँड, चक्र बमको प्रमुख आकर्षण

शिवु खनाल
देउखुरी, ९ माघ
लमहीमा जारी महोत्सवमा आइतवार लाेक तथा दाेहरी गायक रामजी खाँड, गायक चक्र बम र मोडेल आषरी लगायतका कलाकारहरु आउँने भएका छन् ।

महोत्सवको पाँचौ दिन प्रमुख आकर्षणको रुपमा चर्चित लाेक तथा दाेहरी गायक रामजी खाँड, गायक चक्र बम, माेडर आरूषी मगर, सुस्मिता काेइराला, सगरमाथा डान्स ग्रुप, उद्घाेषक दिपक खड्का,अनुप बुढा मगर, दिपक बर्माकाे प्रस्तुति रहने छ ।

महोत्सवको पाँचौ दिन प्रमुख आकर्षणको रुपमा रामजी खाँडलाई आमन्त्रण गरिएको आयोजकले जनाएको छ । माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, भइरहेको चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिनुभयो ।।