नाकास्तरिय खेलकुद महोत्सव माघ २७ गतेदेखि सुरु गर्ने समितिको निर्णय

शिवु खनाल
देउखुरी, ८ माघ
यसवर्ष नाका स्तरीय खेलकुद महाेत्सवलाई नयाँ व्यवस्थापन तवरले संचालन गर्ने निर्णय गरेको छ । नाकास्तरिय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर) काे अध्यक्षता एवम् राजपुर गाउँपालिका अध्यक्ष शरदकुमार बुढाथोकीको प्रमुख अतिथिमा बसेकाे बैठकले साे निर्णय गरेको हाे ।

प्रत्येक वर्ष फागुन १२ गते लाग्दै आएकाे नाका स्तरीय खेलकुद महाेत्सव यसपटक भने माघ २७ गतेदेखि १२ औँ नाकास्तरिय खेलकुद महाेत्सव सुरु हुदैछ । आउँदाे वर्ष मंसिर १५ गतेदेखि सुरु गर्ने नाका स्तरिय खेलकुद समाजले निर्णय गरेको अध्यक्ष चक्रबहादुर खड्का (शिखर) ले जानकारी दिनुभयाे ।

विद्यार्थीकाे परिक्षालाई मध्यनजर गर्दै यसवर्ष माघ २७ गतेदेखि खेलकुद महाेत्सव सुरु गर्ने निर्णय गरिएको अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार अर्को वर्ष नियमितरूपमा मंसिर १५ गते नाका स्तरीय महाेत्सव संचालन गर्ने समितिले निर्णय गरिएकाे बताउनुभयो ।

यसवर्ष केही खेलकुद प्रतियोगिता थप गर्ने समितिले निर्णय गरिएको छ । नाका स्तरीय खेलकुद महाेत्सवमा नाकाका एघार वटा सामुदायिक विद्यालयका विद्यार्थी र अभिभावककाे सहभागी हुदैछ ।

कबरडी, दाैड, रिले दाैड, सटफुट, ज्याब्लिङ् थ्राे, हिबास दाैड, हाइजम्प, लङजम्प, वकक्तिवकला लाेक गित, लाेक नृत्य, अभिभावक तर्फबाट लाेक दाेहरी, महिला पुरूषा भलिबल, डाेरी तानातान लगायत खेलकुद महाेत्सवमा विद्यार्थी विद्यार्थी बिच प्रतिस्पर्धा हुन्छ । खेलकुद महाेत्सवमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले सहयोग गर्ने भएको छ ।।