मेयरकप फुटवलको क्वाटर फाइनल सोमबारदेखि

घोराही, । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा क्वाटर फाईनल पुग्ने आठ टोलीको टुंगो लागेको छ ।
घोराही १८ नवलपुर फुटबल मैदानमा जारी मेयरकपको क्वाटर फाइनल खेल माघ ८ गते सोमबारदेखि सुरु हुने भएको छ । जस अन्तगर्त पहिलो क्वाटर फाइनल खेल वडा नम्वर १८ र वडा नम्वर १७ बीच दिउँसो १२ ः ३० बजे हुने छ ।

यसैगरी सोही दिन साढे दुईबजे वडा नम्वर १३ र १६ बीच हुनेछ । यसैगरी माघ ९ गते साढ १२ बजे वडा नम्वर ३ र १५ बीच र सोही दिन साढे २ बजे वडा नम्वर १० र १४ बीच हुने घोराही नगर खेलकुद विकास समितिका संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो ।

उहाँका अनुसार माघ १० र ११ गते क्वाटर फाइनल र माघ १३ गते शनिबार फाइनल खेल हुनेछ । फाइनल खेल भन्दा अगाडी जनप्रतिनिधि, कर्मचारी र पत्रकारबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता हुने आयोजकले जनाएको छ ।