सौरनलाई उपचार गर्नका लागि सहयोग अपील

तुलसीपुर । दाङ तुलसीपुर–१५ गुरुवामा स्थायी बसोबास गर्ने तिलक डाँगीको नाती लालबहादुर डाँगी तथा टिका डाँगीका छोरा वर्ष १२ का सौरन डाँगीलाई बोन म्यारो रोग भएकाले विभिन्न अस्पतालमा नियमित औषधी उपचार गराइ रहनका लागि समस्या परेको छ ।

परिवारको अवस्था अति नै विपन्न भएकाले १२ वर्षिय सौरनको बोन म्यारो फेर्नका लागि दयालु दाताहरुले सक्दो सहयोग गरिदिन होला ।

सयोगका लागि टिका डाँगीको नाममा रहेको राष्ट्रिय बाणिज्य वैंक ४३६०१००००६८४३०१० खाता नम्वरमा रकम सहयोग गर्न सक्नु हुनेछ । कुनै कुरा बुझ्नु परेमा ९८२२९८१८२६ मा सम्पर्क गर्न सक्नु हुनेछ ।