छैठाँै राष्ट्रपति रनिङ्शिल्डको उपाधी गोरखा स्कुलको हातमा

शिवु खनाल
देउखुरी, २९ पुस
लमही नगरपालिकाको आयोजनामा भएको छैठाँै राष्ट्रपति रनिङ्शिल्ड खेलकुद प्रतियोगितामा गोरखा मोडेल सेकन्डरी स्कुल लमहीले प्रथम उपाधी चुम्न सफल भएको छ । लमही नगरपालिकाको आयोजनामा यही पुष २४ देखि २६ गते सम्म सम्पन्न राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगीतामा १२ स्वर्ण, ६ रजत, ३ कास्यपदक गरि कुल २१ पदक जितेर गोरखा माबीले प्रथम स्थान हासिल गर्न सफल भएको हो । त्यसैगरि लमहीको आर्दश नमुना माबि देउपुरले दोस्रो स्थान हासिल गरेको छ । आर्दश नमुना माबिले ६ स्वर्ण, ४ रजत र ३ कास्य गरि १३ पदक प्राप्त गरि दोस्रो स्थान हासिल गरेको छ । त्यसैगरी लमहीको रोजीबड्स बालबाटिका स्कुलले ४ स्वर्ण, ११ कास्य, ४ रजतपदका प्राप्त गरि तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

प्रतियोगितामा विभिन्न २० वटा बिद्यालयहरुले सहभागिता जनाएका थिए । लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतको प्रमुख आतिथ्यतामा खेलको समापन गरिएको थियो । प्रमुख अतिथि बस्नेत र नगर प्रमुख जोगराज चौधरी तथा उपप्रमुख लक्ष्मी लगाएतले बिजेताहरुलाई मेडल र प्रमाणप्रत्र प्रदान गर्नु भएको थियो । त्यसै गरि झाँकी तर्फ आर्दश माबी देउपुर प्रथम भएको छ ।

माबी फल्कापुर दोस्रो र राप्ती माबि उचानिम्बुले तितृय स्थान हासिल गरेका छन् । प्रथम, दितिय र तृतिय हुने झाकीलाई क्रमश पाच, तिन, र दुईहजार पुरुस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सरकारका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतले बिजेताहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।।