धारपानी मन्दिर व्यवस्थापन समितिकाे साधारणसभा सम्पन्न

दाङ,२८ पाैष । दाङकाे घाेराही उप महानगरपालिका वडा नम्बर ५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारपानीकाे १६ आै बार्षिक साधारणसभा आज सम्पन्न भएकाे छ । समितिका अध्यक्ष गणेश कुमार अधिकारीकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीको प्रमुख आतिथ्याा साधारणसभा सम्पन्न भएकाे हाे ।

साे अवसरमा अध्यक्ष अधिकारीले सुनकाेट सम्म पुग्ने सिडि निर्माणलाई पूर्णता दिने,शिव सराेवरमा डुगां सञ्चालन गर्ने,गुरूकुल शिक्षाकाे पढाइ सञ्चालन गर्ने,बहुजातिय पाेशाक संग्रहालय स्थापना गर्ने,सुनकाेट भगवती मन्दिरमा ३१०० केजिकाे घण्ट स्थापना गर्ने,लगायतका याेजना रहेकाे जानकारी दिनुभयाे । समितिका सदस्य विमल कुमार अधिकारीकाे स्वागत मन्तव्यबाट सुरू भएकाे साधारणसभामा सचिव विष्णुराम आचार्यले प्रगति,काेषाध्यक्ष बाेधिलाल शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे ।

मन्दिरमा गत आ.व.२०७९/०८० मा ५४ लाख ६ हजार चार सय ७५ रूपैयाकाे आयव्यय भएकाे जानकारी दिईएकाे थियाे । काेषाध्यक्ष शर्माका अनुसार गत बर्षकाे अल्या शीर्षकमाबाट ९९ हजार सात सय ९०,दानपेटिकाबाट ३० लाख १६ हजार ३३,मन्दिर सहयाेग रसिदबाट तीन लाख ९५ हजार ९ सय १९,पार्किङबाट तीन लाख ५२ हजार ८५,महाशिव रात्रिवाट सात लाख ६३ हजार सात सय ७६ र अन्य विभिन्न शिर्षकबाट ७ लाख ७८ हजार ८ सय ७२ रूपैया आम्दानी भएको छ । भने खर्च तर्फ निर्माण तर्फ सात लाख ५१ हजार एक सय ७५,पुजारी तथा कर्मचारी खर्च ११ लाख २२ हजार दुई सय १५,निर्माण सामग्री खरिदमा १४ लाख १८ हजार दुई सय ५२ र अन्य शीर्षकमा २१ लाख १५ हजार आठ सय ३३ रूपैया खर्च भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समितिमा निवर्तमान उपाध्यक्ष तथा सल्लाहकारमा श्रीधर शर्मा पाैडेल,सल्लाहकार कुमारराज श्रेष्ठ,शारदा पाेख्रेल,पाण्डवेश्वर बनका अध्यक्ष तथा मन्दिरका उपाध्यक्ष जगविर चाैधरी,बन महासंघका केन्द्रीय सदस्य सावित्रा राना,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधि गजेन्द्र बहकरी,घाेराही १३ का अध्यक्ष डुल्लुराम पाेख्रेल,वडा नम्बर ५ का सदस्य भुम बहादुर गिरी,केशव दिपक न्याैपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे । कार्यक्रमकाे सञ्चालन सचिव विष्णुराम आचार्यले गर्नुभएकाे थियाे ।