पुलमय बनाँउदै तुलसीपुर ,कतै उद्घाटन कतै शिलन्यास

तुलसीपुर ,पौष ।
पुल निर्माण गर्नका लागि संघ र प्रदेशकै बजेटबाट आशा गर्नुपर्ने अवस्थालाई तुलसीपुर उपमहानगरपालिकाले अन्त्य गरेको छ । पालिकाकै बजेटमा पालिकाका विभिन्न खोलाहरुमा मोटरेबल पुलको उद्घाटन गरिएको छ भने कतै निर्माणधीन अवस्थामै रहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर १ र ३ जोड्ने भमके खोलाको ठाँटी गाउँ जोड्ने पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ ।पुल निर्माण भएसँगै सल्यान लुहाम पुग्ने दुरी समेत घटेको छ । तुलसीपुर सुर्खेत सडकखण्डको माथिल्लो सडकको भमके खोलामा संघीय सरकारले पुल निर्माण गर्न सकेको छैन यद्यपि सोही खोलाको ठाँटी गाउँ र सल्यानको लुहाम पुग्ने सडकमा पालिकाकै बजेटमा पुल निर्माण भई सञ्चालनमा आएको छ ।

पालिकाकै बजटेमा वडा नम्बर ८को चमई सोतामा समेत पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । वडा नम्बर ८का वडाध्यक्ष धर्मराज वलीले एक महिनाभित्रै पुल निर्माण सम्पन्न भई सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले पुल निर्माणसँगै नजिकै रहेको विद्यालयमा पुग्नका लागि विद्यार्थीहरुलाई सुविधा हुने बताउनुभयो । त्यस्तै वडा नम्बर ३का वडाध्यक्ष वीरबहादुर विश्वकर्मा।

वडा नम्बर १९का वडा सदस्य रामबहादुर पौडेलले वडा न१९ बिजौरी,हाडिमे पकर्रे हुँदै वडा नम्बर१८ डौडारे जोड्ने सडकखण्डको हात्तीखाला चौवा खोलामा पुल निर्माणको प्रक्रिया अघि बढ्को बताउनुभयो । उहाँले केहीदिनभित्रै पुलको शिलन्यास गरिने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले दुई वडा र जिल्ला जोड्ने सडकमा बाह्रै महिना सडक सञ्चालनमा लागि पुल निर्माणलाई पहिलो प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले सडक पूर्वाधारको विकाससँगै त्यस क्षेत्रमा उत्पादन भएका वस्तुको बजारीकरण र पर्यापर्यटनमा समेत विशेष सहयोग पुग्ने बताउनुभयो ।

पुलको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो । पुल उद्घाटन गर्दै संस्थापक मुख्यमन्त्री पोख्रेलले बाह्रै महिना सिचाई भएको त्यस क्षेत्रको खेतबारी बेमौसमी अग्र्यानिक तरकारी ,उत्पादन गरी बिक्री वितरण गर्न आग्रह गर्नुभयो । उहाँले एमाले नेतृत्वको सरकारले त्यस सडकखण्डलाई मदन भण्डारी सहायक मार्गकारुपमा निर्माणका लागि बजेट सुनिश्चित गरेतापनि गठबन्धन सरकारले बजेट कटौति गरेको बताउनुभयो ।
पूर्व नगरप्रमुख घनश्याम पाण्डेले पुल निर्माणसँगै त्यस क्षेत्रको विकासमा फड्को मारेको बताउनुभयो ।