नसुधारिएको लमहीको शवगृह

शिवु खनाल
देउखुरी, २८ पुस
देउखुरीको केन्द्र विन्दु मानिने लमही अस्पतालमा रहेको शवगृहमा जबर्जस्ती शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ । शवगृहका लागि एक कोठे भवन मात्रै छ ।

खुला ठाउँ छैन, सफा छैन, उस्तै भद्रगोल छ । क्षमताभन्दा बढी शव कोचिएर राख्नुपर्ने अवस्था रहेको छ ।
लमहीको शवगृह सुधारका तथा व्यवस्थापन गर्ने दायित्व लमही नगरपालिकाको हो । स्थानिय सरकारले यस विषयमा गम्भिर रुपमा चासो दिनुपर्छ ।

यसमा सबै जिम्मेवार बन्नुपर्छ । शक्रवार राती भालुवाङ् स्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा १२ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । १२ जनाको शव लमहीको शवगृहमा कोचिएर राखिएको छ ।।