घोराही बनाऔं अभियानले मैत्रीपूर्ण महिला खेलकूदको आयोजना गर्ने

घोराही पुस २८ । घोराही बनाऔं अभियानले घोराहीमा मैत्रीपूर्ण महिला खेलकूद प्रतियोगिता गर्ने भएको छ । घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले यही आउँदो माघ ३ गते दिउँसो १२ बजेदेखि घोराहीको भरतपुर खेलमैदानमा राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, पेशाव्यवसायमा आबद्ध महिलाहरुबीच मैत्रीपूर्ण फूटवललगायतका खेलहरुको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

प्रतियोगिताको उद्देश्य घोराहीमा खेलकूदको विकास गर्न सन्देश प्रवाह गर्ने र विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुबीचमा मित्रवत सम्बन्ध कायम गर्ने रहेको अभियानका महासचिव पाण्डवप्रसाद शर्माले बताउनुभयो ।

प्रतियोगितालाई व्यवस्थित गर्नका लागि अभियानको तर्फबाट केही व्यक्तिलाई जिम्मेवारी दिइएको र प्रतियोगितामा सहभागिता जनाउन चाहने महिलाले निम्न बमोजिम सम्पर्क गरेर आफ्नो नाम टिपाउन सक्ने व्यवस्था घोराही बनाऔं अभियानले गरेको छ ।
साजीदा सिद्दिकी (९८५७८३०२८२),
साबित्रा राना (९८४७८५८५३५),
सरिता देबकोटा (९८४७८४६९५६),
जुनु बुढा मगर (९८५७८३२२४५),
सुलोचना पोख्रेल (९८४७८२६३३९),
बसुन्धरा गौतम (९८४७८२६३२५),
दिलु मल्ल (९८५७८७३७६८),
रञ्जिता शर्मा (९८४७८३१०६१),
भिमा डिसी (९८४४९०६८४७),
हिमानी डिसी (९८६४७१७२१९)