नेत्रलाल जन्मजयन्तीमा अखिलद्वारा मैत्रीपूर्ण फुटबल प्रतियोगिता

घोराही पुस २७ । एमाले नेता नेत्रलाल अभागीको ७९ औं जन्मजयन्तीको अवसरमा अनेरास्ववियु दाङले जिल्लामा क्रियाशिल विद्यार्थी संगठनहरुबीच मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गणेश खड्काको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका महासचिव शंकर पोख्रेलले विद्यार्थीहरुका लागि नेत्रलाल अभागी आदर्श नेता भएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा आयोजक अखिल, क्रान्तिकारी विद्यार्थी संगठन, नेवि संघ, क्रान्तिकारी विद्यार्थी संगठन विप्लबको सहभागिता रहेको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन प्रथम बनेको छ ।

चारटीम सहभागि प्रतियोगितामा नेवि संघले आयोजक अखिललाई र क्रान्तिकारी विद्यार्थी संगठनले विप्लब विद्यार्थी संगठनलाई हराएर फाइनल खेल भएको थियो । जसमा क्रान्तिकारी विद्यार्थी संगठन फाइनलमा पनि बिजयी भएको छ ।