लछिन बुढा प्रतिष्ठानद्वारा फुटवल मैदानमा सरसफाई

घोराही, पुस २६ (गस) । घोराही–१८ नवलपुर खेलमैदानमा लछिनप्रसाद बुढा मगर स्मृति प्रतिष्ठानले बिहीबार विहान सरसफाई गरेको छ । प्रतिष्ठानका संयोजक खिमबहादुर बुढाको अगुवाईमा उपमेयर हुमा डिसी, घोराही
उपमहानगरपालिका खेलकूद विकास समितिका संयोजक नरेन्द्र पुनलगायतको टोलीले मैदान सरफाई गरेको हो । उक्त मैदानमा हाल मेयरकप फुटवल प्रतियोगिता भैरहेको छ । कार्यक्रमको सहजीकरण महासचिव अर्जुन पन्थीले गर्नुभएको थियो ।