पाँच वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष शर्मा सम्मानित

शिवु खनाल
देउखुरी, १८ पुस
गाेरखा माेडेल सेकेन्डरी स्कुल लमहीकाे पाँचौ वार्षिकोत्सबमा अजम्मरी सामुदायिक वनका अध्यक्ष पवन शर्मा रिजाल सम्मानित हुनु भएको छ।

बुधबार एक कार्यक्रमका विच उहाँलाई दाेसल्ला ओढाएर कदर-पत्र सहित सम्मानित गरिएको हाे ।

गाेरखा माेडेल सेकेन्डरी स्कुललाई अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिनपार्क जस्तो बहुमुल्य क्षेत्रमा पार्क स्थान उपलब्ध गराई शिक्षा क्षेत्र प्रति गर्नु भएको सम्मानकाे उच्च मुल्यांकन गरि कदर-पत्र सहित गाेरखा माेडेल सेकेन्डरी स्कुलका सभाध्यक्ष डाेरबहादुर जिसि र प्राचार्य लाेकमान रिजालले संयुक्तरूपमा सम्मानित गर्नुभएको हाे ।।