अप्रिलाको स्ट्रोम लञ्च

दाङ, पुस १६ । घोराहीस्थित पुष्प इन्टरप्राइजेजले सोमबार एक कार्यक्रमको आयोजना गरी अप्रिलाको स्ट्रोम स्कूटी लञ्च गरेको छ ।
इन्टरप्राइजेजका सञ्चालक पुष्पराज आचार्यको अध्यक्षत्ता, दाङ जिल्ला उवासंघका अध्यक्ष बसन्त जोसीको प्रमुख आतिथ्यता एवं
घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा नयाँ स्कूटीको लञ्च गरिएको हो । १ सय २२ सिसीको स्ट्रोमलाई हाल ३ लाख २५ हजार रुपैयाँ बजार मूल्य रहेको छ ।
अत्याधुनिक उपकरणहरुको प्रयोग गरिएको अप्रिलाको नयाँ स्कूटी हरेक दृष्टिकोणले राम्रो भएको सञ्चालक आचार्यको भनाइँ छ ।