दाङका महिलालाई आत्मनिर्भरमा सहयोगी बन्दै तरकारी खेती

लमही,  पुस । बिहान ४ बजेदेखि नै देउखुरी लमही, भालुबाङ विभिन्न चोकमा कठ्याङ्ग्रिने जाडोको परवाह नगरी छिटुवा र डालोमा सागसब्जी तरकारी राखेर ग्राहकको प्रतीक्षामा बसेका भेटिन्छ देउखुरीका थारू महिलाहरू । लमही चोकचोकमा महिला किसानहरू आफूले उत्पादन गरेका कृषिउपज लिएर बिक्रीका लागि ग्राहकको प्रतीक्षामा लस्करै बसेका हुन्छन् न चिसो न घाम पानी पर्दा शीत झर्दापनि ग्राहकको प्रतीक्षामा बसिरहेका हुन्छन् ।

चिसो सडकमा ग्राहकको पर्खाइमा बस्दै आएकी राप्ति गाउँपालिका ४ कि सिता थारु बिहानै पिपरि बाट लमही आउने बस चढेर लमही आउछिन अनि चोक निरको सडकपेटिमा तरकारीको पसल लगाउँछिन अनि बिहानभर तरकारी बेचेर पुन घर फर्कने गर्छिन । उनको दिनचर्या यसरी नै बित्ने गरेको बताउँछिन । यस्तै राजपुर गाउँपालिका १ बेलाकि कमलावती चौधरी पनि व्यवसायिक रूपमा काउली, टमाटर र आलुखेती गरेर आत्मनिर्भर बनेको बताउँछिन । उनी भन्छिन ‘सडकमा बसेर सागपात बिक्री गर्न थालेको वर्षौं बित्यो । यसबाटै जीवन गुजारा भएको छ । कृषि कर्मबाट राम्रो आम्दानी भएको छ । पछिल्लो समयमा गाउँपालिका र सघ÷ संस्थाले पनि सहयोग गरेका छन । तालिम, प्राबिधिक सहयोग पाएका छौं । अहिले पालिकाबाट केही अनुदान दिएको छ उनले भनिन् ।

गाउँबाट राति २ बजे नै छिटुवा बोकेर कहिले बस त कहिले अटो चढेर आउने छुकनि थारु पनि सडकपेटिमा नै तरकारी बेचेर आत्मनिर्भर भएको बताउँछिन । दैनिक गुजरा टार्न र आफ्ना छोराछोरीलाई कापीकलम किन्न उनको कृषि आम्दानीले थेगेको छ ।

५ देखि ७ कठ्ठा जमिनमा गरिने मौसमी र बेमौसमी खेतीबाट उनले वार्षिक २ देखि ३ लाखसम्मको कारोबार गर्दै बचत गर्दै आएको बताउँछिन । बचत रकमबाट नै उनी मल बीउबिजन, किटनाशक औषधि खरिद गर्दै आएकी छिन । यस्तै गढवा गाउँपालिका मानपुरकि दुखिया चौधरीले पनि आफूलाई व्यावसायिक खेतीमा आफूलाई सक्रिय राख्दै आएकी छिन। पन्ध्र कट्ठा जमिनमा चमसुर, पालुङ्गो, गोलभेँडा काउली फलाउने दुखिया धानभन्दा सागसब्जी उत्पादनबाट राम्रो आम्दानी लिन सफल भएको बताउछिन।उन्ले गत वर्ष ३ लाख आम्दानी गरेको बताइन। चिसो होस या जाडो बिहान गढवा बजार बजारमा तरकारी राख्नुस् भन्दै घरघर पुग्ने गर्छिन ।

यस्तै लमही नगरपालिका घुम्नाकी रामपती चौधरी लगायत थारु महिला दिदिबहिनिहरू पनि बिहानै टाउकोमा छिटुवा अनि डालोमा तरकारी बोकेर लमही बजार बजारमा ताजा साग तरकारी राख्नुस् भन्दै झिसमिसेमै आइपुगछन । केहीले स्वयं आफैले बजारमा बिक्री गर्छन भने केहीले घरबाट थोक मुल्यमा बिक्री गरेको बताउछन । सिजन अनुसार आफ्नै बारीमा उत्पादित तरकारी बेच्न हिँड्दै गरेका सयौँ थारु महिलाहरूका झुण्ड सहर बजारका चोक गल्लीमा देखिनु अब सामान्य दृश्य जस्तै बनेका छन् ।

बजार सानो भएकाले गाउँका सबै उत्पादन त्यहाँ खपत हुँदैनन् । बजार खोज्दै जाँदा उनीहरू महेन्द्र राजमार्ग आसपासका स साना चोक बजार हुँदै लमही तथा भालुभाङसम्म पुग्न पर्ने बाध्यता उनीहरूको रहेको छ । थारु महिलाहरूले तरकारी बेचेर दुई चार पैसा हात पार्न थालेपछि बस्तीको दैनिकी पुरै फेरिएको छ । एकातिर आर्थिक स्वतन्त्रताले महिलाहरूलाई आत्मविश्वासी बनाएको छ भने बजारको प्रतिस्पर्धाले उनीहरूलाई उत्पादनको विविधता सिकाएको छ ।

छोराछोरीको पढाई खर्च, औषधी उपचार, लत्ताकपडा र घरायसी सामानको लागि उनीहरूले ऋण खोज्नु परेको छैन । आधुनिक खेतीप्रणालीको प्रयोगले तरकारीमा सुधार गरेपछि देउखुरीका किसानले आम्दानी बढाउन थालेका छन् । प्रायः किसानले परम्परागत प्रविधिबाट खेती गरिरहेकाले आम्दानी हुन सकेको थिएन । मात्रा मिलाएर मलजल र गोडमेल नहुँदा फल दिन सकेको थिएन । उष्ण हावापानी ,सिचाइको सुबिधा भएका कारण यहाँ अधिकाम्स किसानले मौषमी तथा बेमौसमी तरकारी खेती गर्ने गर्दछन । पछिल्लो समयमा पालिकाहरूले पनि व्यावसायिक तरकारी खेतीलाई प्राथमिककता दिएको बताउँछन ।