दाङमा मातृ मृत्युदर बढ्दै ः १७ महिनामा १२ जनाको मृत्यु

दाङ,  पौष । दाङमा मातृ मृत्युदर बढ्दै गएको पाइएको छ । १७ महिनाको अवधिमा १२ जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङको तथ्याङकले देखाएको हो । गत आर्थिक वर्ष ०७९÷८० मा ८ जना र चालु वर्ष २०८०÷८१ को पाँच महिनाको अवधिमा ४ जना आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय दाङका पब्लिक हेल्थ नर्स रिता न्यौपानेले जानकारी दिनुभयो ।

गत आर्थिक वर्ष २०७९÷८० मा तुलसीपुर उपमहानगरपालिकामा मात्रै ७ जनासुत्केरी महिलाको मृत्यु भएको उहाँले बताउनुभयो । गतवर्ष तुलसीपुर ७ र बबई गाँउपालिकामा एक जना गरी ८ जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।

गतवर्ष देखि दाङमा एमपिडीआरएस कार्यक्रममार्फत मृत्यु भएका आमाहरुको अनुसन्धान गर्दै जाँदा गर्भवती, सुत्केरी र असुरक्षीत गर्भपतनबाट मृत्यु भएको पाइएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

सानै उमेरमा विवाह गरेर सुत्केरी हुने, आर्थिक अवस्था कमजोर भएकोे, परिवारसँग आफ्नो समस्या बताउन नसक्ने, स्वास्थ्य संस्थामा नजाने महिलाहरूको मृत्यु भएको न्यौपानेले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दाङले मातृ मृत्युदर कम गर्न र सुरक्षति गर्भपतनमा सेवा पहुँच पु¥याउनको लागि दाङका सबै वडाका स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयमसेविकालाहरुलाई तालिम दिइसकेको जनाएको छ ।

तुलसीपुरमा मातृ मृत्युदर बढेपछि पालिकाले अहिले विभिन्न कार्यक्रमहरु गदै आएको स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार पालिकाले चालु वर्षमा उपमेयरसंग आमा सुरक्षा कार्यक्रम निति तथा कार्यक्रममा समावेश गरेको छ ।

कार्यक्रमा प्रत्येक वडामा आमा समूह गठन गर्ने, गर्भवति महिलाहरुलाई गाँउघरमै सेवा दिने गरेको उहाँले बताउनुभयो ।