लमहीमा बिरामी चेकजाँचको नाममा असुली धन्दा

दाङ, पौष । लमहीमा बिरामी चेकजाँचको नाममा रकम असुली गरेको पाईएको छ । रकम असुल्न अनाबस्यक चेकअप गरेको पाईएको हो । सामान्य बिरामी उपचारमा जाँदा अनाबस्यक चेक गरिदिँदा बिरामी महँगोमा परेका हुन ।

एसरी अनाबस्यक चेकजाँच गरि रकम असुल्ने क्लिनिक हो लमही स्थित ‘लमही मेडिटेक पोलिक्लिनिक प्राली’ ।

लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी करिब ४५ बर्षिय मेघबहादुर कुमाल सामान्य चेकजाँचका निम्ति बिहिवार लमहीकै सरुमा अस्पताल प्रालीमा गए । उनले चिकित्सक सँग आफ्नो समस्या ‘घाँटी र पेट दुखिरहेको’ बताए । सरुमाका चिकित्सकले घाँटीमा केही अड्किएको होकि! भन्ने शँकाले ‘ईन्डोस्कोपी’ गर्न सम्झाए । सोही अनुरुप चिकित्सकको सल्लाहमा कुमाल आँखा अस्पताल रातोडाँडा गए । त्यँहापनि ईन्डोस्कोपी मेसिन बिग्रिएको र चिकित्सकको सल्लाहमा उनी लमही मेडिटेक पोलिक्लिनिकमा ठोक्किन पुगे ।

त्यहाँ ईन्डोस्कोपी चेकजाँच सँगै चिकित्सिकले आफ्नै सुरमा अन्य चेकजाँच गर्न लगाए । गाउँका सामान्य ब्यक्तिले चिकित्सकको कुरा काट्नपनि सकेनन् । चिकित्सकको सल्लाह कुमालले मान्दै गए । चिकित्सकले रगत सँगै हेपाटाईटिस ‘बि’, कोभिड–१९, एचआईभी सम्मका चेकजाँच तथा एक्सरे सम्म गर्न भ्याए । कुमालले चिकित्सिकले आफ्नो अनाबस्यक १३ किसिमका विभिन्न चेकजाँच गरिदिएको जानकारी दिए । बिल भुक्तानीका क्रममा चेकजाँच र औषधीको १२ हजार १ सय २९ रुपैया हुनपुग्यो । सामान्य मजदुरी गरि खाने कुमाल सामान्य चेकजाँचका लागि महँगोमा परे ।

उनले ७ हजार ५ सय बुझाए र अरु रकम नभएको जानकारी दिए । पोलिक्लिनिकका सँचालक तथा स्टापहरुले सबै पैशा दिनुपर्ने भन्दै यातना दिएको कुमाल बताउछन । उनले ३ घण्टा सम्म यातना दिएर बाहिर निस्कन समेत नदिएको गुणासो गरे ।

“म नजिककै मान्छे हो, पछि आएर बाँकि रकम दिन्छु भन्दापनि मलाई छुटकारा दिएनन् कुमालले भने–सबै रकम दिनैपर्छ भन्दै ३ घण्टा सम्म यातनामा राखे ।”
छुटकारा नपाउने भएपछि कुमालले आफ्ना नजिकका स्थानियलाई खबर पुराए । लगत्तै उनका नजिकका ब्यक्ती सनम कुमार पौडेल आएर बाँकी रकम बुझाए अनि कुमाललाई लिएर गए ।
बिरामीलाई बन्धक जस्तै गरेर राखेको सनम कुमार पौडेल बताउछन । “म त्यहाँ जाँदा बन्धक जस्तै कोठामा राखेको पाए पौडेलले भने–अनाबस्यक चेकजाँच गरेर सामान्य मान्छेलाई फसाएछन ।”

उनका अनुसार बिल हेर्दा अनाबस्यक चेकजाँच गरिएको पाईयो । पोलिक्लिनिकले ब्रम्हलुट मचाएको भन्दै पौडेलले लमही नगरपालिकामा शुक्रबार “कारबाही गरिपाउँ” भनी निबेदन दिएको दिएका छन ।

यस बिषयमा लमही मेडिटेक पोलिक्लिनिक प्रालीका चिकित्सक सुनिल केसीलाई बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । ब्यस्त रहेको भन्दै फोन काटिदिए । लगत्तै शुक्रबार सोही क्लिनिक सहित लमहीका अन्य २ वटा अस्पतालमा लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र स्वास्थ्य शाखा, देउखुरी उद्योग बाणिज्य संघ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय, औषधी ब्यबसायी सँघ दाङ, पत्रकार लगायतको टिमले अनुगमन गरेको छ ।

 

अनुगमनका क्रममा पनि सोही लमही मेडिटेक पोलिक्लिनिक प्रालीमा ५ महिना म्याद गुज्रिएको सलानी ईन्जेक्सन र औषधी फेला परेको छ ।

जसको बजार मूल्य १ पिसको १३ सय रुपैया पर्न जाने अनुगमन सँयोजक उपभोक्ता हित सँरक्षण शाखाकि प्रमुख लक्ष्मी सुबेदीले बताईन । बिपि पोलिक्लिनिक, अधिकारी दन्त हस्पिटल प्राली र मेडिटेक पोलीक्लिनिकमा अनुगमन गरिएको सँयोजक सुवेदीले बताईन । हाम्रो अनुगमन नियमित अनुगमन हो, हप्तामा एकचोटी अनुगमन गर्छौ सुबेदीले जानकारी दिईन ।