घोराही १४ मा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना

 

घोराही , पुस ।

घोराही १४ मा मानसिक स्वास्थ्य सम्बन्धि सचेतना दिन सुरु भएको छ । घोराही १४ को आयोजनामा दुई दिने मानसिक स्वास्थ्य सम्बिन्धी सचेतना कार्यक्रम सुरु भएको हो ।

 

वडा अध्यक्ष भानसिं बुढाको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीको प्रमुख आतिथ्य एवं स्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख नारायन घर्तिको विशिष्ठ आतिथ्यमा एक औपचारिक कार्यक्रम गरेर सचेतना मुलक कार्यक्रमको सुरुवात गरिएको हो ।

 

विभिन्न टोलका प्रतिनिधी, विद्यालयका शिक्षक तथा विद्यार्थि, आमा समुहका महिलाहरु, ज्येष्ठ नगरिक र बालबालिकाहरुको प्रतिनिधी मुलक सहभागिता रहेको कार्यक्रममा संस्थागत परिवार नियोजन क्लिनिक घोराहीका ईन्चार्ज वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक राधा पौडेल, नर्सिङ्ग निरिक्षक निरु डिसी, सिनेर अहेव प्रभा शर्माले मानसिक स्वास्थ्य सम्बन्धी सचेतना प्रदान गर्नुभएको थियो । वडा सदस्य रचना कुमालको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रमको सहजिकरण वरिष्ठ अस्पताल नर्सिङ निरिक्षक पौडेलले गर्नुभएको थियो ।।