लमहीमा माघ ५ गतेदेखि बृहत महोत्सव संचालन हुँदै

शिवु खनाल
देउखुरी, १२ पुस
लमहीको चेम्बर अफ कमर्सले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापारीक महोत्सव २०८० संचालन गर्ने भएको छ । यहि माघ ५ गते देखि लमहीमा रहेको जैविक विविधता ग्रिन पार्कको छेवैमा चेम्बर अफ कमर्स लमहीले दोस्रो पर्यटन, उद्योग, कृषि तथा व्यापार महोत्सव लगाउन थालेको बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको छ ।

महोत्सवमा एकसय सयभन्दा बढी स्टलहरु राखिने चेम्बर अफ कमर्स लमहीका अध्यक्ष सितल भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार देउखुरी क्षेत्रका विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्योगबाट उत्पादित समाग्रीहरु महोत्सवमा राखिने छ ।

महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्थरका कलाकारहरुको सहभागीता रहने र बाल उद्यान, पिङ, लगाएतका मनोरन्जनात्मक बस्तु राखिने छ । महोत्व अवधिभर करिब एकलाख दर्शकले महोत्सवको अवलोकन गर्ने आयोजकको भनाइ छ ।
महोत्सव देउखुरी क्षेत्रको लमहीमा रहेको अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित नमुना जैविक विविधता ग्रिनपार्कलाई संरक्षण गर्ने मुख्य उदेश्यले संचालन गर्न थालिएको अध्यक्ष भुषालले जानकारी दिनुभयो ।

स्टल एकसय भन्दा बढि रहने छ भने महोत्सवमा कृषि स्टललाई विशेष प्राथमिकता दिइएको छ । जेष्ठ नागरिकको कार्ड भए निशुल्क, विद्यार्थीको हकमा ८० रूपैयाँ, प्रवेश शुल्क एकसय रूपैयाँ कायम गरिएको छ ।।