सिमावर्ती क्षेत्रबाट छर्रा सहित एकनाल भरुवा बन्दुक बरामद

शिवु खनाल
देउखुरी,  पुस
भारतसँग जोडिएको दाङको कोइलाबास नाका सिमावर्ती क्षेत्रबाट अवैध हतियार र छर्रा गोली बरामद गरिएको छ । गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वन भालुखोला सिमावर्ती क्षेत्रबाट मंगलबार लोड गरिएको एकनाल भरूवा बन्दुक, एकसय ग्राम बारूद र छर्रा गोली बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म कोइलाबासका प्रमुख सन्तोष वीर सिंहले जानकारी दिनुभयो।

प्रमुख सन्तोष वीर सिंहको कमाण्डमा खटिएको सातजनाको पैदल गस्ती टोलीले सिमावर्ती क्षेत्र भालुखोला जंगलमा नियमित गस्ती पटौलको क्रममा रूखको फेदमुनि लुकाइछिपाइ राखेको अवैध एकनाल भरुवा बन्दुक ९अवैध हतियार० बरामद गरेको छ ।

उक्त अवैध हतियार विभिन्न किसिमको चोरीपैठारी, वन्यजन्तुको तस्करी तथा अपराधीक क्रियाकलापमा प्रयोग हुन सक्न अनुमान गरिएको सशस्त्र प्रहरी बल नेपाल नं। २९ हेक्वा ज्वालामाइ गण भालुवाङ्का प्रमुख गोपाल श्रेष्ठले बताउनुभयो ।

बरामद गरिएको अवैध हतियार आवश्यक कार्वाहीको लागि बुधबार सिमा प्रहरी चौकी कोइलाबासलाइ बुझाइएको छ ।।