जुम्लाका बिक्रम आँखाको नानी खोज्दै दाङ झरे

दिप्तीशिखा चौधरी

तुलसीपुर पुस,११
राप्ती आँखा अस्पतालमा रक्षाचौरमा आँखाको बिरामीहरुको भिड जहिले पनि उस्तै देखिन्छ । दाङ जिल्लाका मात्र नभएर बाहिर जिल्ला बाट पनि आँखा रोगीहरु चेकजाँचका लागि आउँने गरेका छन् । आँखा अस्पतालमा दैनीक ४ सय बढि बिरामी चेकजाचँका लागि आउँने गरेको अस्पतालले जनाएको छ ।

ज्ुाम्ला तीला गाउँपालिका वडा न. १ पिरुका ६१ बर्षका बिक्रम बस्नेत आखा चेकजाचका लागि दाङ झर्नुभयो । उहाको दाहिने आखा दुख्न थालेको डेढ बर्ष भईसक्यो । उपचार नपाएपछि उनको आखाको नानी फेर्नुपर्ने अवस्था आईलागेको छ ।
“गत वर्ष आखा शिवीर राखेको थियो त्यहि समयमा चेकजाँच गराउँदा झोल औषधि दियो त्यहि हाले । अली सन्चो भयो । पछि फेरी दुख्न सुरु ग¥यो । आखा दुखेपछि गाउँको एक मेडिकलमा जचाए फेरी झोल औषधि दियो त्यहि औषधि हाल्दा अहिले आखा नै देख्दैन । अहिले डाक्टरले आखाको नानी फेर्नुपर्छ भनेका छन् । आज अपरेसन हुन्छ भन्याछन् । ”उहाले भन्नुभयो ।
“आफन्ती कोहि छैन । २० हजार जती पैसा लाग्छ भनेको छ । तर उहाँको आफन्ती कोहि छैन आर्थीक अवस्था कमजोर छ भनेपछि डाक्टरले निःशुल्क उपचार गर्दिन्छु भनेका छन् । बिक्रमको आखा चेकजाचँका लागि लाग्ने खर्च सबै अस्पतालले नै बेहोर्ने भनेको छ ।” उहा संगै आएका सहयोगी टकबहादुर बस्नेतले भन्नुभयो ।

आखा अस्पतालमा नजचाई मेडिकलमा जचाएर औषधि हालेपछिको परिणाम आज नानी नै फेर्नुपर्ने अवस्था आईलाग्यो । आखा अस्पतालको टिम जुम्लामा आखा चेकजाचँ शिवीर राखेपछि जचाउँन पुगेका बिक्रमलाई आखाको नानी गुमेको त्यहि बेला थाहा भयो । आखाको नानीको प्रत्यारोपन गरेपछि उनी नयाँ संसार देख्न पाउँने भन्दै खुसी देखिन्छन् ।
यस्तै रोल्पा गंगादेव ४ गौरामाटिकि ३५ बर्षीया रीता वलीको आखाको उपचारका लागि दाङ झरेको आज ४ दिन भयो । उहा लाईनमा बसेर आफनो पालो कुरीरहनुभएको थियो । साउन महिनामा रोटि पकाउँदा आगेनामा आखाको भरमा आगोमा पर्दा रीताको आखा बाहिरी र भित्री भागमा गहिरो चोट लाग्यो । छाला लत्रीएको छ । आखा रातो भएर देख्न समस्या भएको छ ।

आखा अस्पतालमा चेकजाँच गराउँन तेस्रो पटक आएकि रीताको आज अपरेसन हुने भएको छ । “अलीअली देख्न सक्छु भन्दै बसेकि थिए । बिधार्थीहरुले कानी मेडम भनेर जिस्काउछन् । लाजले भएपनि उपचार गर्छु भनेर त्यत्ता बाट आए ।”उहाले भन्नुभयो । पेसाले शिक्षीका रहेकि रीतालाई आखामा चोट लागेपछि पढाउँन समस्या भएको छ । रोल्पाको एक प्राथमिक बिधालयमा अध्यापन गराईरहेकि रीतालाई जेनतेन देख्छु भन्ने लागेको थियो । झनपछि झन समस्या देखिने र सबैले जिस्काउँदा लाजले भएपनि आखा राम्रो बनाउँछु भन्दै उपचार गर्न दाङको राप्ती आखा अस्पताल सम्म आएको बताउँनुभयो । रोल्पामा आखा चेकजाच गर्ने अस्पताल नभएपछि उहा दाङ आउँनु परेको बाध्यता सुनाउँनु भयो ।
यी दुई पात्र जस्तै रोगलाई दवाउँदै बसेका धेरै बिरामीहरुको लाईन थियो । जनचेतनाको कमी, जथाभावी औषधीको प्रयोग, गरिबीको कारण यस्ता खालका समस्या देखिने गरेको आखा रोग विशिषज्ञहरुको भनाई छ ।
राप्ती आँखा अस्पतालकी कर्निया रोग एवं नेत्र रोग विशेषज्ञ डा. ज्योती साप्कोटाका अनुशार कुनै बिरामीको शल्यक्रिया संगै ज्योती फर्कने र कुनै बिरामीको दोश्रो पटक पनि शल्यक्रिया गर्नुपर्ने हुनसक्छ । नबुझेर औषधी प्रयोग गर्दा वा जहातहि चेकजाच गराउँदा आखाको ज्योती गुम्न सम्भावना प्रवल हुने भन्दै औषधी प्रयोगमा सचेत बन्नुपर्ने हुन्छ ।
बिक्रमको शल्यक्रियाको तयारी गरिरहेकी डा. साप्कोटाले बिक्रमको जथाभावी औषधीको प्रयोग गरेका कारण आँखाको नानी फुट्ने अवस्थामा पुगेको र आँखा फुला परेको र स्टोरेड भन्ने औषधीको मनपरी प्रयोगले नानी पातलीदै गएर कामै नलाग्ने अवस्थामा पुगेको बताउनुभयो ।
लुम्बीनी प्रदेशमा अन्धोपनाका बिरामीहरुको सख्या बढ्दो अवस्थामा

लुम्बीनी प्रदेशमा अन्धोपनाका बिरामीहरुको सख्या बढ्दो क्रममा छ । राप्ती आखा अस्पतालले गरेको सर्वेक्षणमा २०१९ मा लुम्बिनीमा २.१ प्रतिशतमा अन्धोपनाको समस्या रहेको उल्लेख छ । २०१० मा गरिएको सर्वेक्षण अनुसार प्रदेशमा ०.३८ प्रतिशत रहेको थियो । राप्ती आखा अस्पतालका प्रमुख प्रशासकिय अधिकृत शम्सेर थापाका अनुशार जनचेतनाको कमीले गर्दा अझैपनि ४१ प्रतिशत आँखाका बिरामी उपचार गर्न जरुरी ठान्दैनन । त्यस्तै २० प्रतिशत आँखाका बिरामी उपचारको पहुँच बाहिर रहेका छन भने आर्थिक अवस्था कमजोर भएकै कारण ३६ प्रतिशत बिरामी उपचार लिनबाट बञ्चित छन् ।
गर्मी, धुलोधुवाँ, बढ्दो जनघनत्व , खानपान र मोतीयाविन्दुको कारणले गर्दा हाल नेपालमा दैनिक १ सय ७५ जनामा अन्धोपनको समस्या देखिएको भन्दै अन्धोपनको समस्या न्युनीकरण गर्नका लागि अस्पतालले आँखा शिक्षा कार्यक्रम संचालन गर्दै आएको बताउँनुभयो ।
जिल्लाको बेला, गढवा,भालुवाङ्ग र लमहिमा एकिकृत आखा उपचार सेवा सुरु गरेको अधिकृत थापाले जानकारी दिनुभयो । आँखा अस्पतालबाट हालसम्म ३६ लाख बढीलाई सेवा प्रदान गरीसकेको उहाँले बताउँनुभयो ।

यस्तै अस्पतालका अक्लोप्लाष्टिक सर्जन डाक्टर सुरेश रसाइलीले अस्पतालबाट आखाको चाउरीपन हटाउँने, आखाको टिउमर, बोसो जम्ने, जलेको भागको सल्यक्रिया, कस्मेटिक सर्जरी गर्ने, जलविन्दुको अपरेसन लगाएतका सेवाहरु प्रदान गर्दै आएको बताउँनुभयो ।
आज बुधबार राप्ती आँखा अस्पताल, छन्दकालेबाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पतालको सामाजिक लेखा परिक्षण तथा पत्रकार सम्मलेनका अवसरमा प्रदेशको अवस्था बारेमा जानकारी गराईएको थियो ।
कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले अस्पतालले दिदै आएको सेवालाई प्रभावकारी ढंगले अनुगमन गर्ने बताउँनुभयो ।

यस्तै तुलसीपुर उपमहानगरपालीकाका मेयर टिकाराम खड्काले जनताहरुको समस्याहरुलाई मध्यनजर गर्दै उनीहरुले पाउाने सेवा सुविधामा कमी हुन नदिनका लागि स्थानीय पालीकाबाट गर्न सक्ने सहयोग गर्न तयार रहेको प्रतीवद्धता ब्यक्त गर्नुभयो ।
सो अवसरमा उपप्रमुख स्यानी चौधरी, पडा न.९ का वडा अध्यक्ष घनश्याम ढकाल लगाएतले आ – आफनो धारणा राखेका थिए ।
नेपाल नेत्रज्योति संघ अँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुर गन्जको आयोजना,एनएबिपी नर्बेको सहयोग र रिपोर्टस क्लब दाङको समन्वयमा कार्यक्रम भएको हो । नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सुचना अधिकारी बालाराम खड्काले गर्नुभएको थियो ।