देशको अर्थतन्त्र रेमिटेन्समा निर्भर छ : स्वर्णीम वाग्ले

अर्थविद् तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णीम वाग्लेले देशमा अर्थतन्त्रको मन्दीनै छाएको हो या हल्ला मात्रै हो भन्ने कुराको मुख्य कारक पहिचान गर्न नसकेको बताएका छन् ।

रिर्पोटस् क्लब लुम्बिनी प्रदेश दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जबसम्म मुलुकको अर्थतन्त्रमा मन्दी छाएको कुराको कारक पत्ता लगाउदैनौं तबसम्म यसको समस्या समाधान हुन नसक्ने उनको जिकिर थियो । अर्थ सम्वाद कार्यक्रमको प्रमुख वक्ताका रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुसंस्कृत राजनिति, सामाजिक न्यायसहितको उद्दार आर्थिक अर्थतन्त्र, दलाल पुँजीवादी व्यवस्था, सुर्धित, स्वच्छ र नियमनकारी संरचना बनाउनु पर्ने जिकिर थियो । त्यस्तै उनले सामाजिक न्याय सहितको उद्दारवादी, समाजवादी गन्दगी नबोकेको उनको भनाइ छ ।

‘नेपालको कानूनको आधारमा साध्यको रुपमा परिभाषित गरेको छौं, र साधनको रुपमा सम्पत्ती सृजना गरेका छौं, राज्यको ढुकुटीको आकार विस्तार गर्ने कुराहरु त्यो सहायक नहुदो रहेन्छ भन्ने कुरा आफ्नो पार्टी बाहेक अन्य पार्टीले स्पष्ट नपारेको उनले भने ।’

लोककल्याणकारी राज्यमा, प्रयाप्त लगानी गर्न सक्ने सामथ्र्य बनाउने, एकैपटक करिबन स्ट्रिमस्वसोलोजिष्ट र कम्यूनिष्ट शैलीमा गएमा देश अर्थतन्त्रको संकटमा जाने रहेछ भन्ने कुराको स्पष्ट भएको सांसद डा. वाग्लेले बताए ।

त्यस्तै उनले देशमा अर्थतन्त्रको तरलता र व्यवसायीहरु पलायन हुनुको मुख्य कारक बैंकहरु मर्ज हुनु भने । कर्जालाई चलायामान बनाउन नसक्नु र राजनितिक जदका कारण युवाहरु वैदेशिक रोजगारमा जान बाध्य भएको बताए । जनसंख्यीक मोडले गर्दा युवाहरु पलायन हुने अवस्था सृजना भएको उनको जिकिर छ ।

त्यस्तै उनले २०१६ देखिको तथ्यांक हेर्ने हो भने प्रति दिन ३ हजार युवाहरु विदेशिने गरेको बताए । पछिल्लो समय देशको अर्थतन्त्र १० खर्ब रेमिटेन्सबाट चलायामान छ । रेमिटेन्स भित्रीएपनि त्यो बैंकहरुमै थुप्रीए, राष्ट्र बैकले बैंक मर्ज गर्ने निती ल्याएपछि बैंकहरुको कर्जा छेलेखेलो मच्चियो र देशमा अर्थतन्त्रको संकट देखा परेको बताए ।

रिपोटर्स क्लब लुम्बिनिका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको अर्थ संवादमा लुम्बिनि प्रदेशका योजना आयोगका उपाध्यक्ष डाक्टर नहकुल केसि ,एक्यनका पुर्ब अध्यक्ष सिए भरत रिजाल,दाङ जिल्लाका प्रमुख जिल्ला अधकारि रामवन्धु सुबेदि,नेपाल उधोग बाणिज्य महासघं लुम्बिनि प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा ,नागरिक समाज दाङका सल्लाहकार टिकाराम रेग्मी लगायतका बक्ताहरुले धारणा राखेका थिय ।

त्यसैगरि अर्थ संवादमा दाङ उधोग बाणिज्य संघका अध्यक्ष बसन्त जोशि,तुलसीपुर उधोग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे,देउखुरि उधोग बाणिज्य संघका अध्यक्ष कमलजगं ठकुरि लगायलका बक्ताहरु सहभागी भएका थिय ।
तुलसीपुर उधोग बाणिज्य संघका महासचिव बिनिल केसिले बिषय बस्तुमाथि प्रकाश पार्नुभएको कार्यक्रमको सञ्चालन रिपोटर्स क्लका महासचिव बिमल गौतमले गर्नु भएको थियो ।