खेलमय घोराही

सविन प्रियासन
कुनै पनि क्षेत्रमा चहलपहल सम्बन्धित निकायमा बस्ने नेतृत्व अनि सदस्यहरुको सक्रियतामा निर्धारित हुन्छ । यतिबेला घोराहीमा खेलक्षेत्रका कारण व्यापक चहलपहल भएको छ । विशेष गरी मुलुकमै सम्भवत थोरै पालिकाले मात्र खेलको विकासका लागि विज्ञहरुसहितको समिति गठन गरेका छन् । जसमा घोराही उपमहागरपालिका पनि पर्छ । यसले अधिकार सम्पन्न घोराही उपमहागरपालिका खेलकूद विकास समिति गठन गरेर पूर्व खेलाडकै नेतृत्वमा समितिलाई चलायमान बनाउन जिम्मेवारी दियो । समितिको संयोजकमा पूर्व खेलाडी नरेन्द्र पुन र सदस्यमा यससँग सम्बन्धितहरु सदस्य हुनुभयो । समिति गठन भएको केही महिनामै समितिले घोराहीमा पहिलो पटक खेलको यतिधेरै गतिविधि थोरै बजेटमा गर्न सफल भयो कि यतिबेला लाग्छ घोराही खेलमय बनेको छ ।

काम गरेपछि हुन्छ भन्ने कुरा घोराहीमा गठन भएको खेलकूद विकास समितिले गरेर देखाएको छ । यसको लागि घोराहीको खेलकूद विकास समिति वधाईको पात्र छ । भोलिका दिनमा घोराहीको खेलकूद विकास समितिले खेलको विकासका लागि प्रर्याप्त बजेट पाएमा यसले घोराहीको खेललाई अहिलेको भन्दा धेरै माथिल्लो स्तरमा पु¥याउन सक्छ ।

घोराही उपमहागरपालिका मुलुककै ठूलो उपमहागरपालिकामा पर्दछ । यसले पालिकालाई समृद्ध बनाउनका लागि केही राम्रा कामहरु गरेको छ । केही काम गर्दागर्दै हुन सकेका छ्रैनन् । नभएका कामहरुको बारेमा छलफल, बहसहरु गर्नैपर्छ । बिग्रिएका कामहरुको खबरदारी सबैको दायित्व हो । तर गरेका राम्रा कामहरुमा पनि नकारात्मक टिकाटिप्पणी गर्नु हुँदैन । खेल क्षेत्रको विकासको सवालमा घोराही उपमहानगरले राम्रो काम गरिरहेको छ । तर यतिले मात्र पुग्दैन । अबका दिनमा अहिलेको भन्दा पनि उच्चकोटीले खेलको विकासका लागि घोराही उपमहानगरले योजना, बजेट, कार्यक्रम बनाउने, यसलाई मूर्तरुप दिनका लागि खेलकुद विकास समितिले काम गर्ने हो भने मलाई विश्वास छ, अबको केही वर्षमा नै घोराहीको खेलले मुलुकमै उच्चस्थान प्राप्त गर्न सक्ब्नेछ ।