मुलुकको समग्र विकासका लागि शैक्षिक प्रणाली परिवर्तन गर्नुको विकल्प छैन

सविन प्रियासन
नेपाल विश्वमै प्राकृतिकरुपमा अति नै सुन्दर मुलुकमा पर्दछ । धार्मिक एवं ऐतिहासिकरुपले पनि नेपालको गरिमा विश्वभर प्रख्यात छ । वनजंगल, पहाड, हिमान, समथर मैदान, तालतलैया, झरना, नदी, खोला सबै भएको मुलुक नेपाल विकासको दृष्टिकोणले धेरै नै पछाडी छ । विश्वमै अग्लो हिमाल सगरमाथा यही छ । विश्वले मानेको गौतमबुद्ध हाम्रो देशमा जन्मनु भएको हो । यस बाहेकपनि विश्वमा ख्याती कमाउन सफल अनेकन सम्पदाहरु नेपालमा छ । तर दुःखका साथ भन्नुपर्छ नेपाल दिनदिनै विपन्नताको उजाड मरुभूमि बनि रहेको छ । अभाव, निराशा, कुण्ठाले समाजलाई छिन्नभिन्न बनाउन लागि परेको छ । मुलुकको यस्तो अवस्था आउनुको पछाडी कुनै एक पक्षले काम गरेको छैन । अधिकारप्राप्तीको नाममा अनि आफूले प्राप्त गरेको अधिकार र शक्तिलाई जसरी हुन्छ कायम गख्ने सोँचले गर्दा बिगत दुईतीन सयवर्षदेखि आजसम्म पनि नेपालमा अनेकन खेलहरु भएका छन् । तर दुःखका साथ भन्नुपर्छ, राज्यसत्ताको वाघडोर जसले समालेपनि मुलुक समग्र विकासको दृष्टिकोणले निकैनै पछाडी परेको छ । आजसम्म आउँदा दक्षिण एशीयाको सबै भन्दा विपन्न मुलुक बन्न पुगेको छ ।

समाज विकास क्रमलाई हेर्दा नेपालको विकास अवस्था दयनिय हुनुको पछाडी नेतृत्व अनि विभिन्न पदमा बसेकाहरुको इच्छा शक्तिको अभावले ठूलो काम गरेको छ । यसका साथै नेपालको समग्र विकास नहुनुको पछाडी नेपाली समाजलाई माथि उठ्न नदिनका लागि सुरुदेखि नै लादिएको घोकन्ते शिक्षा प्राणाली हो । जुन आजसम्म पनि बलियो जरा गाडेर नेपालमा निष्फिक्रिका साथ फुलि

रहेको छ । कसैले भन्न सक्छ, अहिलेकै शिक्षा प्रणालीबाट पनि त उच्च अहोदमा मानिसहरु पुगेका छन् । हो अहिलेको शिक्षाले केही मानिसलाई उच्च अहोदामा पु¥याएको छ, तर म सबैलाई भन्न चाहन्छु, नेपालमा शिक्षाको प्रवेश भएदेखि अहिलेको शिक्षा प्रणालीले नेपालीलाई जहाँ पु¥याउन खोजेको हो, त्यहाँ पु¥याएको छ । नेपालीलाई हरेक क्षेत्रको विज्ञ बनाउने सोँच अहिलेको शिक्षा प्रणालीले  सुरुकै दिनदेखि सोँच्दै सोचेन, जसले गर्दा नेपाली शिक्षाले आजका दिनसम्म विश्वमा अव्बलता हासिल गर्ने एकजना मान्छे जन्माउन सकेको

छन् । तर खिचडी अनि परम्परागत, घोकन्ते शिक्षाले जिन्दगीको उर्जावान समय लगि रहेको छ । अहिलेकै शिक्षाको मास्टर डिग्री पास गर्दासम्म २५ वर्ष बढिको समय खर्च हुन्छ । जिन्दगीको उर्जाशिल समय खर्चिएपछि पनि मुलुक बनाउने शिक्षा अहिलेसम्म कुनै नेपालीले पाएको छैन । यथ अर्थमा भन्नु पर्दा अब शैक्षिक प्रणाली पूर्णरुपले परिवर्तन गर्नुपर्छ । शिक्षासँग जोडिएर बनेका नीति, नियम, कानूहरुमा आमूल परिवर्तन आवश्यक छ । शिक्षण सिकाई बिधिहरु पनि पूर्णरुपले वैज्ञानिक, समयानुकुल हुनुपर्छ । अबको शिक्षा कम्तिमा पनि २०÷२१ वर्षको
सेरोफेरोमै मास्टरडिग्री उर्तीण गर्न सक्ने गरी सबैले प्रप्त गर्नुपर्छ । अनि मात्र विद्यार्थीले त्यसपछिको उर्जाशिल समय कामकाजमा लगाउन सक्छ । यसले मुलुकको अर्थतन्त्रमा पनि ठूलो टेवा प¥याउन सक्छ ।
शैक्षिक प्रणालीमा आमूल परिवर्तन

हालको शिक्षा व्यवहारिक, सिपमुलक अनि विज्ञ जन्माउन सक्ने किसिमको छैन । आधारभुत शिक्षा दिइसकेपछि विषयगतरुपमा विज्ञ विद्यार्थी उत्पादन गर्ने शिक्षा आजको आवश्यकता हो । जस्तोकी दक्ष खेलाडी, सफल आबिस्कारक, दक्ष सिपयुक्त जनशक्ति, दक्ष प्राविधिक अहिलेको जस्तो शिक्षा प्रणालीबाट उत्पादन गर्नै सकिदैन । जबसम्म सबै क्षेत्रमा दक्ष, विज्ञ अनि सिपयुक्त शैक्षिक जनशक्तिहरु उत्पादन गर्न सकिदैन मुलुकको समृद्धि र विकास अहिलेको सयम अनुसार उचाई लिने किसिमको हुन सक्दैन । अहिलेको शिक्षा पढेर मुलुकको नेतृत्वदायि तहसम्म मान्छेहरु नपुगेका होइनन्, तर पुगेर मुलुक समृद्ध हुने न उनीहरुले प्रभावकारी योजना बनाउन सके, न कार्यक्रमनै । समग्रतामा भन्ने हो भने मुलुकको समृद्धि र विकास गर्ने किसिमको सोँच नै अहिलेको शिक्षाबाट प्राप्त दक्षताले नेतृत्व तहमा बसेकाहरुको दिमागमा दिन सकेन ।
यतिबेला विश्व भर कामकाजी, सिपयुक्त, विषयगत पढाईको नयाँ नयाँ अभ्यासहरु भैरहेको छ । जसले गर्दा मुलुकलाई चाहिने सबै दक्ष जनशक्तिहरु ती देशहरुले उत्पादन गरिरहेका छन् । उनीहरुको कामले गर्दा आर्थिक समृद्धि रहर लाग्दो तरिकाले भैरहेको छ । तर नेपालमा जति धेरै पढ्यो त्यति नै डिग्री प्राप्त शैक्षिक बेरोजगारहरुको संख्या बढि रहेको
छ । सिपयुक्त शिक्षा नलिएका कारण क्रमशः ऊ बरालिएर खाने अवस्थामा पुग्छ । कोरोनापछि मुलुकले यहाँको अस्तव्यस्तताबाट उठ्ने प्रभावकारी योजना नल्याउँदा त झनै समाजमा यस्तो अवस्था आयोकि पढेका हुन वा पढ्दै गरेका हुन सबैजना विदेश जाने कुरा भाइरल ट्रेण्डकारुपमा स्थापित बन्यो । यतिबेला बिदेश जानेहरु पनि घोकन्ते शिक्षा ग्रहण गरेकै कारण त्यहाँ पुगेर लेभर सरहको काममा मात्र लागि रहेका छन् ।मात्र लागि रहेका छन् ।
विषयगत र सिपयुक्त शिक्षा तर्फ
कुनै पनि मुलुकको समग्र विकास शिक्षाबाट नै सम्भव छ । त्यसमा पनि विषयगत अनि सिपयुक्त शिक्षा आजको आवश्यकता हो । अब नेपाललाई समृद्ध बनाउने हो भने शिक्षा प्रणालीमा आमूल परिवर्तन गर्दै गर्दा विषयगत र सिपयुक्त शिक्षालाई अनिवार्य
गर्नुपर्छ । जस्तोकी अब ८ कक्षासम्म १२ वर्षको सेरोफेरोमा अहिलेको भन्दा उन्नत तरिकाले सबैले अध्ययन गर्ने, पालिका, जिल्ला, प्रदेश वा मुलुकभर ८ कक्षाको परीक्षाको किसिम एकैप्रकारको गर्ने त्यसपछि ९ कक्षाबाट विषयत, सिपयुक्त पढाईको सुरुवात गरेमा अबको केही वर्षमा नै नेपालले क्रमशः प्रगतिपथमा पाइलाहरु चाल्न सुरु
गर्नेछ । जस्तोकि ९ कक्षामा पुगेपछि उसले खेल शिक्षाबाटै २१ वर्षभित्रमा डिग्रीसम्मको अध्ययन र प्रयोगात्मक अभ्यास गर्ने, यसैका माध्यमबाट उसले कति पूर्णांक ल्यायो भन्ने गराउने । खेल जस्तै कृषि, आइटी, गीतसँगीत, विभिन्न सिपमुलक विषयहरुको विषयगत पढाई गर्ने २१ वर्षभित्रमा यसमा पनि

डिग्रीसम्मको अध्ययन

पुरा गर्ने किसिमको शैक्षिक प्रणाली अब लागू गर्नुपर्छ ।
विज्ञान, म्यानेजमेन्ट र शिक्षा संकायतर्फ
अहिलेको जस्तो एसईई पछि ११ र १२ मा अध्ययन गरे जस्तै अबका दिनमा ९ कक्षाबाट नै विज्ञान, म्यानेजमेन्ट र शिक्षालगायतका विषयहरु विद्यार्थीले अध्ययन गर्ने । त्यसपछि १२ कक्षासम्म यी विषय पढेपछि ५ वर्ष अध्ययन गरेमा डाक्टर, २ वर्ष अध्ययन गरेमा नर्स, ३ वर्ष अध्ययन गरेमा बिएन, ५ वर्ष अध्ययन गरेमा इञ्जिनियर, ५ वर्ष अध्ययन
गरेमा सबइञ्जिनियर, ५ वर्ष अध्ययन गरेमा सिओ, ५ वर्ष अध्ययन गरेमा एमबिएस, एमएढलगायतको अध्ययन पुरा हुने शिक्षा नीति अब बनाइनुपर्छ । यी विषयमा भोलिका दिनमा विज्ञहरुले गहन छलफल गरेर पाठ्यक्रम परिमार्जन, दैनिक कतिघण्टा अध्ययापन गराउँदा पाठ्यक्रम सकिनेछ , कति अंक सैद्धान्तिक र कति अंक प्रयोगात्मक गराउने भन्ने विषयमा विभिन्न योजनाहरु तय गर्नुपर्छ ।

यसरी अगाडी बढेमा विषयत पढाई अन्तगर्त अध्ययन गरेका विद्यार्थीहरु आ–आफ्नो क्षेत्रमा केही वर्षमा नै मुुलुकका लागि प्रगतिपथमा उकलनका लागि रिजल्ट दिने किसिमबाट समाजमा देखा पर्नेछन् । डाक्टर, इञ्जिनियर, सिओ, महाप्रवन्धक, प्रोफेसर बन्नका लागि अध्ययन
गरेका विद्यार्थीहरुले पनि अहिलेको भन्दा पनि स्मार्ट तरिकाले आफ्नो क्षेत्रमा विज्ञता देखाउन सक्नेछन् । तसर्थ अब नयाँ ढंगबाट सरकार, शिक्षामन्त्रालय, सरोकारवाला निकायहरुले अहिलेको शैक्षिक प्रणालीमा आमूल परिवर्तन गर्ने सवालमा निर्णय गर्न अनि त्यही किसिमले बलियो तयारी गरेर अगाडी बढ्न अब ढिलाई गर्नु हुँदैन । विश्वका अधिकांश मुलुकहरु विकासको चरम उचाईमा पुगेकै यस्तै शिक्षाले हो । नेपाल प्राकृतिकरुपमा अहिले पनि धनि भएका कारण नयाँ शिक्षालाई राज्यले अख्तियार गर्न सकेमा हामी छोटो समयमा नै विकसित मुलुकको दाँजोमा पुग्न सक्नेछौ । आज विदेश सेटल हुन्छु भनेर गएकाहरु क्रमशः मुलुक विकसित भयो भने यही फर्कनेछन् । विश्वबजारका मान्छेहरु नेपालमा काम गर्न, नेपालमा आएपछि आफूहरुको भविष्य बन्छ भन्ने सोँचसहित आउनेछन् ।

शिक्षाबाट मुलुकको समृद्धिका लागि अबको बाटो
१) १२ वर्षसम्म ८ कक्षाको पढाई
२) १३ वर्षदेखि विषयगत शिक्षा तर्फ (खेल, गीतसँगीत, कृषि, आइटी, सिपमुलक क्षेत्र)
३) १३ वर्षदेखि ९–१२ कक्षासम्म (विज्ञान, म्यानेजमेन्ट, शिक्षा संकायलगायत)
४) ५ वर्षे कोर्ष (डाक्टर, इञ्जिनियर, सिओलगायत)
५) ३ वर्षे कोर्ष (सब–इञ्जिनियर, बिएनलगायत)
६) २ वर्षे कोर्ष (स्टाफ नर्सलगायत)
७) २ वर्षे कोर्ष (बिएढ, बिबिएसलगायत)
८) ३ वर्षे कोर्ष (एमएढ, एमबिएसलगायत)
(यो वहसका लागि तयार
पारिएका कारण केही कुरा अपुग हुन सक्छ, धन्यवाद)