आठ महिना देखि दाङका आठ जना फिलिपिन्समा अलत्रप

पछिल्लो समय विभिन्न देशमा पठाउने भन्दै पैसा उठाउने गिरोह सक्रिय रहेको छ । दाङका केही युवाहरुलाई पनि अमेरिका, जापान र अष्ट्रेलिया पठाउने भनेर करोड बढि रुपैया लिएरका एजेन्ट अहिले सम्पर्क बिहिन भएका छन । विगत ८ महिनादेखि आठ जना युवाहरु फिलिपिन्समा अपलपत्र पारेको पीडितहरुले रिपोटर्स क्लबमापत्रकार सम्मेलन गरेर तत्काल स्वदेश फर्किने बाताबरण श्रृजना गरिदिन नेपाल सरकार समक्ष हारगुहार गरेका छन ।

दाङ डुरुवा निवासि लक्ष्मी डागि र सञ्जय गुरुङले अमेरिका ,जापान पठाउछु भनेर आठ मिहिना देखि फिलिपिन्समा आठजनालाई अलपत्र पारेको भन्दै पिडितहरु दाङमा पत्रकार सम्मेलन गर्न पुगेका थिय ।दाङ शान्तिनगर पाउँपालिका ५ का मोहन रावतलाई अमेरिका पठाउँने भन्दै गत साउनमा साविक दाङको डुरुवा गाविस ३ की लक्ष्मी डाँगीलाई पटक पटक गरी २१ लाख बुझाएर अहिले फिलिपिन्समा अलत्रप परेका छन् । साहुँ ऋण लिएर छोरालाई पठाएको भन्दै धेरै समस्या भइरहेको मोहनका बुवाले कमल रावत बताउनु हुन्छ ।

तुलसीपुरका कलम वलीलाई अष्ट्रलिया पठाउने भन्दै डाँगीले १८ लाख लिएर उनलाई पनि फिलिफिन्समा अलपत्र पारेको कमलकी श्रीमती करिष्मा केसी वली बताउनु हुन्छ । श्रीमानहरुले निकै कष्टकर जीवन भोगिरहेको उहाँ बताउनु हुन्छ।घोराहीकी गिता केसीका छोरा बुहारी पनि फिलिपिन्समा रहेका छन् ।

नेपालबाट जापानको लागि तयारी गर्दा भिसा नलागेपछि लक्ष्मीले सहज रुपमा पठाउने भन्दै उनीसँग पनि ३० लाख रकम लिएको उहाँ बताउनु हुन्छ । लामो समयदेखि फिलिपिन्समा अलपत्र रहेका आफ्ना छोरा बुहारीलाई उद्धार गरी नेपाल ल्याउन आग्रह गर्दा पनि एजेन्टले चासो नदिएको र उल्टै धम्कि दिने गरेको उहाँको आरोप छ ।

तुलसीपुरका गोपाल खड्का जापानमा पढ्दै आएका थिए । उनलाई पनि अमेरिका पठाउने भन्दै ३२ लाख लिएको गोपालकी आमा खुमा खड्का बताउनु हुन्छ । जापानमा राम्रो नभएपछि छोरालाई अमेरिका पठाउने भन्दै लक्ष्मीको विश्वास मानेर पैसा दिएको र अहिले छोरा जापानमा लुकेर बसेको उहाँ बताउनु हुन्छ ।
यसै बिच नेपाली कांग्रेसका सांसद सुनिल शर्माले दाङका केही युवाहरुलाई बन्ध बनाएको भन्ने कुरा आफूले सुनेको भन्दै त्यसका लागि कानुन उपचार खाज्नु पर्ने र सरकारसँग उनीलाई सकुसल नेपाल ल्याउन आग्रह गर्ने बताउनु भएको छ ।