घोराहीमा आजदेखि बुद्धिचाल संघको आयोजनामा आरबिटर तालिम हुने

घोराही पुस । बुद्धिचाल संघ दाङको आयोजनामा लुम्विनी र कर्णाली प्रदेश स्तरिय दुुईदिने आरबिटर तालिम घोराहीमा आजदेखि संचालन हुुने भएको छ ।
‘‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’’ भन्ने मुल नाराका साथ पुुष ५ र ६ गते दुुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न हुुन लागेको संघका जिल्ला अध्यक्ष अनिल शेरपाईलीले जानकारी दिनुुभयो ।

यसैबीच कार्यक्रमको बारेमा जानकारी दिन संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । संघका अध्यक्ष अलिन शेरपाईलीको अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुुर्गालाल केसीको प्रमुख अतिथ्यता एवं संघका लुम्विनी प्रदेशका उपाध्यक्ष दिनेश थापाको विशिष्ट आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा खेलाडी उत्पादन देखि अफिसियल उत्पादन गर्न सम्म तालिमले भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो ।

पत्रकार सम्मेलनमा संघका जिल्ला अध्यक्ष शेरपाईलीले लुम्विनी र कर्णाली प्रदेशका ७० जना प्रशिक्षार्थी सहभागी हुने जानकारी दिनुुभयो । तालिमको उद्घाटन लुम्विनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले गर्नु हुनेछ । बुद्धिचाल खेल बौद्धिक र सबै उमेर समूहले खेल्न सक्ने खेल भएकाले यसको सामाजिक जागरण जागरुकता पैदा गर्ने उद्देश्यले तालिम संचालन गर्न लागिएको अध्यक्ष शेरपाईलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुुर्गालाल केसीले बुद्धिचाल खेल बौद्धिक खेल रहेकाले यस बारे आम नागरिक जानकार बन्न आवश्यक रहेकाले आयोजक संस्थालाई धन्यावाद ज्ञापन गर्नुुभएको थियो ।