विजयी उम्मेदवारहरू प्रमाणपत्र वितरण

शिवु खनाल
देउखुरी, २ पुस
मंसिर तिसगते सम्पन्न साधारण नमूना माध्यमिक विद्यालय वि.व्य.स.काे नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा विजयी भएका उम्मेदवारहरूलाई एक कार्यक्रमबीच प्रमाणपत्र वितरण गरिएको छ ।

साेमबार निर्वाचन कार्यालय आयोजना गरेको प्रमाणपत्र वितरण कार्यक्रममा विजयी चारजना निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गरिएको हाे निर्वाचन अधिकृत दिपक नेपालीले जानकारी दिनुभयाे ।

निर्वाचित सदस्यकाे तर्फबाट बोल्दै धनश्याम चाैधरीले साधारण नमूना माध्यमिक विद्यालयकाे समृद्धि र विकासका लागि हातेमालो गरेर काम गर्न प्रतिवद्धता व्यक्त गर्नु भएको थियोे ।

कार्यक्रममा उपस्थित सबैले नवनिर्वाचित सदस्यहरुलाई बधाई ज्ञापन गर्दै खाँदा लगाएर सम्मान गरिएको थियोे । कार्यक्रमकाे सहजिकरण निर्वाचन समितिका सदस्य तथा विद्यालयकाे प्रधानध्यापक मानबहादुर केसीले गर्नुभएको थियोे ।।