लागु औषध दुव्र्यसन विरुद्ध समुदायमा सचेतना

 

घोराही,  मंसिर ।

निर्णय पुनस्र्थापना केन्द्र घोराही १७ ले लागु औषध दुव्र्यसन विरुद्ध सुमदाय स्तरीय सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । केन्द्रको आयोजना तथा घोराही ५ को आर्थिक सहयोगमा विभिन्न टोलका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै सचेतनामुलक कार्यक्रम गरिएको हो ।

पुनस्र्थापना केन्द्रका परामर्शदाता बिष्णु वली मुख्य प्रशिक्षक रहेको कार्यक्रममा विभिन्न दश टोलका पदाधिकारीहरु तथा प्रहरीको सहभागिता रहेको थियो । वडा सचिब बलदेब बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही ५ का वडा सदस्य भुमबहादुर गिरी, वडा सदस्य माया नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले ग्रामिण क्षेत्रमा पनि लागु औषध दुव्यर्सनको समस्या विकराल बन्दै गईरहेकाले यसको न्यूनिकरणका लागि समुदाय स्तरबाटै प्रयासा थाल्नुपर्नेमा जोड दिएका थिए ।।