एमालेको सङ्कल्पयात्रा र सन्देश

–शुरामणि बेलबासे
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले यही २०८० मङसिर १४ गते देखि नेपालको पश्चिमी सिमाना बैतडीको झुलाघाट देखि पुर्वी सिमाना पाँचथरको चिवाभञ्ज्याङ सम्मको १८७९ कि.मी.लामो मध्यपहाडी पुष्पलाल लोकमार्गमा समृद्धिका लागि सङ्कल्पयात्रा प्रारम्भ गरेको छ । यो सङकल्पयात्रा नेपाल कम्युनिष्ट पार्टी स्थापनाको हिरक जयन्तीका अवसरमा आयोजना गरिएको हो ।

नेपाल कम्युनिष्ट पार्टीको स्थापना २००६ साल बैसाख ९ (सन् १९४९ अप्रेल २२) मा पुष्पलाल, नारायण विलाश जोशी, निरन्जनगोविन्द बैद्य, नरबहादुर कर्मचार्य र मोतिदेवि श्रेष्ठको अगुवाइमा भएको थियो । नेकपाको स्थापना पछि नेपालमा २००७ मा राणा शासन, २०४६ मा पञ्चायती तानाशाही शासन र २०६२÷०६३ को जनक्रान्तिबाट राजतन्त्र नै समाप्त भएको छ । यी सबै आन्दोलनमा नेपाल कम्युनिष्ट आन्दोलनले अगुवाइ गरेको थियो । सबै राजनीतिक परिवर्तनका आन्दोलनमा अगुवाइ गरेर नेपालमा नयाँ राजनीतिक व्यवस्था स्थापना गर्ने कार्य गरेको नेपालको कम्युनिष्ट आन्दोलनको अगाडि अब देशको गरीवि, असमानता हटाइ समृद्ध नेपाल–सुखी नेपाली बनाउने अविभारा रहेको छ । जनताको यो अविभारा पुरा गर्नु नेपाली कम्युनिष्ट आन्दोलनको मुख्य कार्यभार रहेको छ ।

नेकपा (एमाले) ले २०७३ फाल्गुणमा मेची–महाकाली अभियान सँचालन गरेको थियो, यो अभियान पछि २०७४ बैसाख–आस्विनमा भएको स्थानिय निर्वाचनमा नेकपा (एमाले) देशको प्रमुख शक्तिकारूपमा स्थापित भएको थियो । अहिले एमालेले पुष्पलाल लोकमार्गमा सङ्कल्प यात्रा सँचालन गर्दै छ । यो पुष्पलाल लोकमार्ग निर्माणका लागि २०५१ को एमाले अध्यक्ष मनमोहन नेतृत्वको सरकारले सर्भे गरेको थियो । २०६४÷०६५ मा बाबुराम भट्टाराइ अर्थमन्त्री हुँदा ३ करोड ९२ लाख विनियोजन गरि काम शुरु गरिएको र २०७४ को निर्वाचन पछि बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले टुक्रा, टुक्रामा भएको कामलाई निर्देशनालय बनाएर एकीकृतरुपमा अगाडी बडाउनुका साथै तीन पटकमा ३१ अरव ७७ करोड विनियोजन गरेको थियो । हालसम्म ३९ अरब ९० करोड लागतमा करीव ४० प्रतिसत निर्माण कार्य सम्पन्न भएको छ । यो लोकमार्गको परिकल्पनाकार एमाले हो र निर्माणको मूख्य काम पनि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले गरेको छ । मध्यपहाडका २६ जिल्लालाई जोड्ने यस मार्गबाट एक करोड जनतालाई प्रत्यक्ष लाभ पुग्ने देखिएको छ ।

देश यतिबेला चरम आर्थिक सङ्कटमा रहेको छ । जनतामा चरम निराशा उत्पन्न भएको छ । जनतामा राजनीतिक दल र तीनको नेतृत्वप्रति अविस्वास बडेको छ । यस्तो समयमा एमालेले मध्यपहाडि पुष्पलाल लोकमार्गमा देश निर्माणको सङकल्प सहित यात्रा सँचालन गर्दै छ । एमालेको सिङगो नेतृत्व नै यस यात्रामा सहभागी बनेको छ । यस यात्राका केही उदेस्यहरु रहेका छन् । देशको मध्यपहाडि क्षेत्रको प्रत्यक्ष अवलोकन गरेर नेतृत्वले भौगोलिक जानकरी प्राप्त गर्ने छ । यो क्षेत्र प्रचुर सम्भावना भएको क्षेत्र हो । जहाँ अधिकाङश खानीहरु रहेका छन् । नेतृत्वले आफै ती खानी भएका ठाँउहरुको अवलोकन गर्ने छ । यसले ती खानी उत्खननको नीति–कार्यक्रम बनाउन महत्वपूर्ण सहयोग पुग्ने छ । त्यहाँको भौतिक पुर्वाधार निर्माणमा नीति–कार्यक्रम बनाउन सहयोग पुग्ने छ । त्यहाँको कष्टपूर्ण जनजीवनको अवलोकन गरेर त्यसलाई सहज बनाउन आवस्यक नीति–कार्यक्रम ल्याउन सहयोग पुग्ने छ । यस यात्राका क्रममा नेतृत्वले त्यस क्षेत्रका जनप्रतिनिधिसँग अन्तरकृया गरि जनताले सामना गरिरहेका तत्तकालिन समस्याहरूको जानकारी लिने छ, र समाधानका लागि पहल गर्ने छ ।

साथै शिक्षक, प्राध्यापक, बुद्धिजीवि, किसान, मजदुर, व्यावसायी सबै जनसमुदायसँग अन्तरकृया गरि त्यस क्षेत्रका खास समस्याहरुको पहिचान हुनेछ र ती समस्या समाधानमा नीति–कार्यक्रम निर्माण गर्न सहज हुने छ र समृद्धिको योजना निर्माणमा महत्वपूर्ण फिडव्याक हुने छ । यो सङकल्प यात्राको क्रममा पार्टी नेतृत्वले कार्तिक १७ गते भूकम्पबाट प्रभावित क्षेत्र–पश्चिम रूकुम र जाजरकोट पुगेर त्यहाँको जनजीवनलाई प्रत्यक्ष अवलोकन गर्ने छ । एमालेले पार्टी केन्द्रीय कोषबाट २ करोड नगद सहित प्रदेश र जिल्लाहरुबाट पनि राहत सङकलन गरि त्यहाँका प्रभावित जनतालाई वितरण गरेको छ साथै त्यहाँको पुन निर्माणकालागि दक्ष सीपहितका ११ सय भन्दा बडि कार्यकर्ताहरुलाई परिचालन गरेको छ । भोकै तीसै त्यो चिसोमा खटेका कार्यकर्ताहरुलाई भेटेर नेतृतवले हौसला प्रदान गर्ने छ । प्रभावित जनतामा आशा जागृत गर्ने छ । त्यहाँको पुननिर्माणमा देखिएका समस्या समाधानमा पार्टीलाई थप परिचालन गर्ने एवम राज्यलाई उत्तरदायी बनाउन प्रेसर गर्ने छ ।

यो सङकल्पयात्राले देश निर्माणको बलियो आधार निर्माण गर्ने छ । पार्टी नेतृतवले यस क्षेत्रका समस्याहरूको प्रत्यक्ष अवलोकन गरि जानकारी लिने छ । यहाँका सम्भावनाहरूको अध्ययन–अनुसन्धान गरि नीति कार्यक्रम बनाउने कार्यमा यो यात्राको महत्वपूर्ण भूमिका रहने छ । साथै यो यात्राले एमालेलाई बैचारिक र साङगठानिकरूपमा थप बलियो बनाउन मद्त पुग्ने छ । न्यूटलमास एमाले प्रति आकर्सित हुने छ भने अन्य राजनीतिक पार्टीमा रहेका धेरै नेता–कार्यकर्ता एमाले प्रवेश गर्नेछन् । एमालेका नेता कार्यकर्ताहरुमा नेतृत्वसँगको भेटघाट–अन्तरकृयाले थप उत्शाह बड्ने छ । देशको समृद्धि र जनताको सुखी जीवनका लागि बलियो पार्टी निर्माण गर्न मध्यपहाडि क्षेत्रको सङकल्पत्रायामा यो चिसोमा अहोरात्र खट्ने पार्टी नेतृतव पनि जनता र कार्यकर्तासँगको भेटघाटबाट थप उर्जावान र प्रतिवद्ध बन्ने छ । यी सबै कारणले एमालेले अघि सारेको समृद्ध नेपाल–सुखी नेपालीको लागि मिशन ८४ सफल पार्न यो सङकल्पत्राया कोसेढुङ्गा सावित हुने छ ।

सङकल्पयात्रालाई ऐतिहासिकरूपमा सफल बनाउन पार्टीलाई व्यवस्थितरूपमा परिचालन गर्न जरुरी छ । त्यस क्षेत्रका चुनौति र सम्भावनाको अध्ययन–अनुसन्धान गर्न नेतृत्वसँग विषयगत दक्ष जनशक्ति परिचालित हुन र सम्पूर्ण तथ्यहरु सहीतको प्रोफाइल तयार गर्न जरुरी छ । निश्चितैरूपमा पार्टी भित्र रहेका विभिन्न क्षेत्रका विज्ञहरु पनि यो सङकल्पयात्रामा सहभागी भएका छन् । नेपालको अहिलकोे मूख्य समस्या देशको राजनीतिक अस्थिरता हो यसको समाधान भनेकै भिजनदार पार्टीको एकल बहुमतको सरकार हो । एकल बहुमतको सरकारका लागि भिजन सहतिको बलियो राष्ट्रिय शक्ति– एमाले निर्माणको विकल्प छैन । सङकल्पयात्राको ऐतिहासिक सफलताका लागि हार्दिक शुभकामना !