देउखुरीको राष्ट्रिय वनबाट ठूलो मात्रामा अवैध सालको काठ बरामद

शिवु खनाल
देउखुरी, १३ मंसिर
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित राष्ट्रिय वनबाट ठूलो मात्रामा अवैध सालको काठ गंगदी सव(डिभिजन वन कर्यालयले बरामद गरेको छ ।

राष्ट्रिय वनबाट १४ सय ३७।९७ क्युफिट ९१ सालको गोलिया लुकाइएर राखिएको अवस्थामा बरामद गरिएको गंगदी सव(डिभिजन वन कार्यालयका वन अधिकृत मनोज कुमार शाहाले जानकारी दिनुभयो । गत पन्ध्र गते नेपुवाखोला देखि करिब डेर किलोमिटर भित्रबाट बरामद गरिएको उक्त सालका काठलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।

बरामद गरिएको काठ वन कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,(। ञहामीले अहिले अनुसन्धान गरिरहेका छौ । काठ चोरी निकासी बढ्न थालेपछि हामीले वन गस्ती र निगरानीलाई बढाएका छौं ।’ राष्ट्रिय वनबाट काठ कटान गर्नेको पहिचान पत्ता लगाउन कर्मचारी खटाएको र पहिचान खुलेपछि संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।।