फेस अफ दाङको चौथो सिजन सुरु

घोराही ११ मंसिर । फेस अफ दाङ २०२३ को चौथो सिजन कार्यक्रम सोमबार घोराहीमा भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।

अनिल कडेलको अध्यक्षत्ता एवं दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेमराज बञ्जाडेको प्रमुख आतिथ्यता एवं अधिकार कर्मी निर्मला विकको विशिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न प्रतियोगिहरुले आफ्नो प्रस्तुती राखेका थिए । यस वर्ष फेस अव दाङ २०२३ को उपाधि यलिसा नेपालीले जित्नु भएको छ ।

यसैगरी जोयना खड्का, पुजा पाण्डेयलगायतकाले पनि विभिन्न टाइटल जित्नु भएको छ । प्रतियोगितामा कृष्ण लहरे र भावना रेग्मीले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।