नाकाका गाउँका खेतबारीमा आकाशे पानीकै भर

शिवु खनाल
देउखुरी,  मंसिर
दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ मनौरानाका निवासी प्रेमबहादुर घर्ती मगरको
खेतमा छरेको तोरीको फल लाग्ने बेला बोट सुक्दै गएको छ । उहाँको खेतमा सिंचाइ सुविधा छैन । तोरी छरेदेखि प्रयाप्त पानी परेन । जसका कारण फल लाग्ने बेला बोट सुक्दै गयो । ‘यसपाली रहर गरेर छरेको तोरी खडेरीले खाइदियो, उहाँले भन्नुभयो,(। ञसिंचाइ अभावमा हिँउदे बाली नसप्रिएपछि अर्को बर्षदेखि गहुँ बाली मात्रै लगाउने मनस्थिती बनाएको छु ।

सोहि ठाउँ निवासी तिर्सना घर्तीको एक विघा जमिन पनि बाझो छ । उहाँले हिउँदे बाली लगाउन छोडेको बताउनुभयो । ‘बर्षामा ढिलो चाँडो पानी पर्छ । गहुँ राम्रै फल्छ। तर हिँउदमा आकाशे पानीको भर हुँदैन, उहाँले भन्नुभयो,(। ञसिंचाइ अभावका कारण बिगतमा हिँउदे बालीबाट जोताइ,मल र बिउकै खर्च उठाउन नसकेपछि गहुँ मात्रै लगाउने गरेका छौँ ।झ ञगाउँमा उत्पादन नहुदा दैनिकी उपभोग्य सामाग्री छिमेकी राष्ट्र भारतको भरपर्नु परेको छ । गाउँमै सिंचाइका सुविधा भए भारतको निर्भरता पर्नुपर्ने थिएन ।

राजपुर गाउँपालिका वडा नम्बर ७ मनौरा नाकामा ४० घरधुरी संख्या मध्यका करिब ५० विघा खेतीयोग्य जमिन भएतापनि सिंचाइको सुविधा छैन । सिंचाईको सुविधा भएको सीमावर्ती क्षेत्रका विभिन्न गाउँमै मकै,गहुँ , तोरी, अडहर, कपास, बदाम लगायतको खेति हुन्थ्यो तर, सिंचाइको सुविधा नहुदा सबै खेतीयोग्य जमिन बाझो छन् । यहाँ सिंचाईको सुविधा नहुदा आकाशे पानिको भरमा खेतीपाती गर्ने बाध्यता छ रहेको यता राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी श्यामबहादुर झाक्रिले बताउनुभयो ।

उहाँले भन्नुभयो,(। ञघरमै मोटर भएका स्थानीयले खोलाको पनि तानेर सिंचाइ गरि खेतीपाती गर्ने गरेको छन् भने, मोटर नहुनेले आकाशे पानिको भरम वर्षमा एकपटक मात्रै खेतीपाती गर्ने गरेका छन् ।

यता राजपुर गाउँपालिका वडा नम्बर ७ डगमारा नाका निवासी बलबहादुर रानाले जमिन सिंचाइ अभावकै कारण बर्षमा ७ महिना बाँझो हुने बताउनुभयो । तीन बाली उब्जनी हुने जमिनमा सिंचाइ नहुँदा गहुँ बाली मात्रै लगाउने गरीएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,(। ञबेलैमा बर्षा भए केही किसानले गहुँ पनि छर्छन् । तर आकाशबाट पानी नपरे लगानी पनि नउठ्ने चिन्ता हुन्छ ।झ यो समस्या ७ नम्बर वडाका किसानको मात्रै होइन । सीमावर्ती क्षेत्रका सबै नाकाका अधिकांश किसानले भोग्दै आएको समस्या हो

मनौरा ड्याम निर्माण गर्ने योजना
राजपुर गाउँपालिका वडा नम्बर ७ मनौरानाका र भैसाहीँनाकालाई लक्षित गरि मनौरा ड्याम बनाउने योजना रहेको छ । अब छिट्टै यस योजनालाई अगाडि बढाइने छ । ड्याम निर्माण गरि समग्र मनौरा,भैसाहीँ, स्यानि मनौरा र भौवानाका सम्म सिंचाइको सुविधा पुर्‍याइ यहाँका स्थानीयलाई कृषिमा सक्रिय गराइ गाउँमै उत्पादनमा जोड्ने लक्ष्य रहेको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलिले बताउनुभयो ।

उहाँले त्यसको लागि संघ, प्रदेश र चुरेसंग समन्वय गरिरहेको बताउनुभयो । यसभन्दा अगाडि सिंचाइको लागि वडाको बजेटमा टेङ्कि निर्माणका लागि चार लाख, पाइव विस्तारका लागि तीन लाख ४० हजार बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले थप सिंचाईको आवश्यकता हेरेर वडाबाट बजेट विनियोजन गरि दुरदराजका गाउँमा सिंचाइको सुविधा पुर्‍याउने वडाको योजना रहेको छ । सिंचाई नहुदा गाउँमा बालिनालि उत्पादनमा कमि, उत्पादनमा कमि हुदा वर्षदिन खान नपुग्ने स्थिति छ रहेको छ । यता स्थानीय समाजसेवी अमर कवर ९नवीन०ले वर्षको एक पटक मात्र बालीनाली पाक्ने सीमा नाकाका गाउँमा सिंचाईका लागि दिगो आयोजना निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।।