चर्चामा स्टेज होष्ट एवम् मोडेल दिपक बर्मा

शिवु खनाल
देउखुरी, २२ कात्तिक
दाङको लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी दिपक बर्मा पछिल्लो समय यता स्टेज होष्टमा निकै चर्चा कमाउदै आउनु भएको छ । बर्मा अभिनय क्षेत्रमा नवप्रतिभाका रुपमा उदाउनु भएको छ ।

कलाकारीता क्षेत्रमा प्रबेश गर्ने उद्देश्यले बर्माले तीनवटा म्युजिक भिडियोमा अभिनय गर्ने अबसर पाउनु भएको छ । कलाकारीता क्षेत्रमा अघि बढ्ने लक्ष्य राख्नु भएको बर्माले सानै उमेरदेखि कलाकारीता क्षेत्रमा प्रवेश गरि अहिले जिल्लाका विभिन्न मेला महोत्सवमा भ्याई नभ्याई छ । २०५६÷११÷१६ मा देउखुरीको लमहीमा जन्मिनु भएको बर्माले पहिलो पटक भालुवाङ् स्थित गाविस स्तरिय नृत्य प्रतियोगितामा भाग लिनु भएको थियो । त्यसपछिको उहाँले कालाकारीतालाई नै अंगालेर निरन्तर अगाडि बढ्नुभयो । उहाँले स्टेज होष्ट मात्रै नभएर मोडेलिङ्ग, भिडियो निर्देशन, कोरियोग्राफी, कार्यक्रम व्यवस्थापन गर्दै आउनु भएको छ । बर्माको कलाकारिता यात्रा करिब आठवर्ष देखि निरन्तर छ । होष्टदेखि निर्देशकसम्म भएर काम गर्दै आएको कलाकार दिपक बर्माले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘देश विदेश जहाँ गए पनि, जुन पेशा गरे पनि कलाकारिता जस्तो मज्जा लाग्दैन ।’ पछिल्लो समय निकै चर्चामा हुनुहुन्छ दिपक बर्मा ।

सानै उमेरदेखि कलाकारीता क्षेत्र मन पराउनु हुने बर्मालाई सुरु सुरुमा घर परिवारबाट सहयोग नभएपछि भारतमा पुग्नुभयो । केही समयपछि पुनः नेपाल फर्किएपछि उहाँ कालाकारीता क्षेत्रमा प्रवेश गर्नुभयो । पहिला घर परिवारबाट केही साथ सहयोग भइन, उहाँले भन्नुभयो,–। विस्तारै कार्यक्रममा सहभागी हुदैँ, यहाँसम्म आइपुगे । आफ्नै ठाउँमा मेला महोत्सव संचालन हुदाँ टिकट काटेर प्रवेश गर्नुपर्ने अवस्था थियो । तर, अहिले आफ्नै ठाउँ लगायत विभिन्न जिल्लाबाट कार्यक्रमा आइदिनुप¥यो भन्नुहुन्छ ।’ बर्माको यात्रा आजको दिनसम्म आइपुग्दा धेरै संघर्ष गरेर आएको सुनाउनुभयो । नेपाली कलाकारीतामा एउटा छुट्टै पहिचान दिएर अघि बढ्दै गरेको बर्मा आफ्नो करियरको सुरुवातीका दिनमा स्थानिय स्तरमै अभिनय गरेर सुरु गरेको बताउनुभयो ।

पछिल्लो समय यता उहाँलाई परिवारबाट अझ हौसला मिल्यो र निरन्तर मेला महोत्सवमा होष्ट गर्दै दर्शक स्रोताहरुको मनमा बस्न सफल हुनु भएको छ । उहाँले दर्शक स्रोताहरुको हौसलाले गर्दा आफु निरन्तर आफ्नो कालाकारीता क्षेत्रलाई तिखार्दै र सुधार गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले अझै कलाकारीता क्षेत्रमा लागेर अझ धेरै जनमासमा पुग्न चाहान्छु र समाजको लागि केही नयाँ काम गर्ने योजना रहेको छ । सायद यसैले गर्दा होला सामाजिक संजाल फेसबुक लगायतमा फलोअरको संख्या दिनदिनै बढ्दै गएको उहाँले बताउनुभयो ।।