काठमाडौं, कात्तिक २१ । नेकपा एमालेले बुधवार केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले बुधबार अपरान्ह १२ः४५ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी सचिवालय बैठक बोलाइएको जानकारी दिनुभयो ।
प्रचार प्रमुख गौतमका अनुसार सचिवालय बैठकमा समसामयिक राजनीतिक परिस्थिति, भूकम्प र पार्टीले सुरु गर्न लागेको मध्यपहाडी लोकमार्ग पदयात्राका बिषयमा छलफल हुने छ ।