घोराही,२१ कार्तिक । नेकपा एमाले दाङ्ले जाजरकोट र रुकुम पश्चिमका भुकम्पपिडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान शुरु गरेको छ ।
एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एबम प्रतिनिधिसभा सदस्य मेनका पोखेरलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटिको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
भुकम्पपिडितका लागि तत्काल राहत सहयोग उपलव्ध गराउनु पर्ने भएकाले पार्टीका हरेक सदस्यलाई ५० रुपैयाँका दरले रकम सङ्कलन गर्न निर्देशन गरिएको छ । नेकपा एमाले दाङका १२ हजार २ सय ५८ संगठित सदस्य छ्न । सबै संगठित सदस्यहरुलाइ आ आफ्नो पालिका कमिटिमा सहयोग रकम दुई दिनभित्र जम्मा गरिदिन निर्देशन गरिएको एमाले दाङ्का सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । उहाले राहत रकम संकलन सुरु भैसकेको र मानवीय सहयोगका लागि नेता, कार्यकर्ता, सुभेच्छुकहरुलाइ अनुरोध गर्नु भएको छ ।