दाङ, कात्तिक । बेसमेन्ट क्याफेमा तिहार स्पेशल ग्राण्ड म्युजिक फेस्टिभल हुने भएको छ । घोराही १५ बैंक रोडमा रहेको बेसमेन्ट क्याफे एण्ड रेस्टुरामा यही कार्तिक २४ गते शुक्रबार तिहार स्पेशल ग्राण्ड म्युजिक फेस्टिभल हुन लागेको हो । लामो समयदेखी ग्राहकहरुलाई सेवा दिदै आएको बेसमेन्ट क्याफेले यस पटक ग्राहक तथा दर्शकहरुलाई मध्यनजर गर्दै म्युजिक फेस्टिभल गर्ने भएको छ ।
नेपालको चर्चित पप एण्ड रक ब्याण्ड ड्राइ स्कन्कले आउदो शुक्रबार बेसमेन्ट क्याफेमा आफ्नो प्रस्तुती राख्ने भएको छ । ड्राइ स्कन्क ब्याण्डमा गायकसहित ४ जनाको समुह रहेको यस स्कन्क ब्याण्डले काठमान्डौका नामी होटल तथा रेस्टुरेन्टहरुमा प्रस्तुतीले दर्शकहरुको मन जित्न सफल भएको छ ।
त्यसैगरि सोही दिन दाङको द गूड फेल्स ब्याण्डले पनि दंगालीहरुलाई मनोरन्जन दिने भएको छ । साथै हिपहप दाङदेखी भोलकुवेक र बबालीको पनि उक्त दिन प्रस्तुती दिने भएका छन ।
त्यसैगरि दाङकै चर्चित क्षितिज ब्याण्डका गायक सन्नी घर्ती मगरले पनि दर्शकहरुलाई गायन क्षेत्रबाट मनोरन्जन दिने बेसमेन्ट क्याफेका संचालक पहलसिंह वलीले बताउनु भएको छ । साथै कार्तिक २४ गते शुक्रबार हुन लागेको तिहार स्पेशल ग्राण्ड म्युजिक फेस्टिभलमा टिकट शुल्क तीन सय रुपैयाँ रहेको जानकारी दिनुभएको छ ।
उहाँका अनुसार यसपटक दाङबासीलाई सांगितिक साझमार्फत् मनोरञ्जन प्रदान गर्नका लागि काठमान्डौ र दाङका चर्चित ब्याण्ड तथा गायकहरुलाई आमन्त्रित गरेको जानकारी दिनुभयो ।
उहाँका अनुसार टिकट बुकिङ सुरु भैसकेको छ । उहाँले फोनबाट पनि टिकट बुक गर्न सकिने जानकारी दिनुभएको छ । जसका लागि मोबाईल नंम्वर ९८२२९२९७७७, ९८६७७१९१०९ मा पनि सम्पर्क गर्न सकिने बताउनु भयो ।