एमालेको चियापान कार्यक्रम

काठमाडौं, कात्तिक १५ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सुरु भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले चियासहित खाजा हस्तान्तरण गरी कार्यक्रमको सुरुवात गर्नुभएको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी चियापान कार्यक्रमका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पत्रकार, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।