शिवु खनाल
देउखुरी, १४ कार्तिक
लमही नगरपालिका वडा नम्बर ५ काे वडा सभापतिमा रवि श्रेष्ठ चयन हुनुभएको छ । मंगलबार दाङकाे लमही नगरपालिका वडा नम्बर ५ मा भएको वडा अधिवेशनमा श्रेष्ठ सर्वसम्मत रूपमा वडा सभापति पदमा चयन हुनु भएको लमही नगरपालिकाका सभापति सन्ताेष बुढाथोकीले जानकारी दिनुभयाे ।
लमही नगरपालिका वडा नम्बर ५ मा सभापति निर्वाचित रवि श्रेष्ठ परिवर्तनको प्रतिनिधि आवाज हुनुहुन्छ । लमहीमा बसेर लामाे समयसम्म सामाजिक कार्य गर्दै आउनु भएका श्रेष्ठ नेपाली कांग्रेसको क्रियाशील युवा नेता समेत हुनुहुन्छ ।
श्रेष्ठको पारिवारिक पृष्ठभूमि कांग्रेस भएको र क्षेत्रीय सदस्य नेपाल दरूण दलकाे राजनीतिमा सक्रिय रहँदै आउनु भएको छ । चाैधाै महाधिवेशनबाट निर्वाचित वडा सभापति नेत्रराज सिंह ठकुरीले पार्टी परित्याग गरेपछि लामाे समयसम्म रिक्त रहेको उक्त पदमा रवि श्रेष्ठ सभापतिमा सर्वसम्मत रूपमा चयन हुनुभएको छ ।
त्यसैगरी लमही नगरपालिका वडा नम्बर २ काे वडा सभापतिमा काली चरण चाैधरीलाई चयन गरिएको लमही नगरपालिका सभापति सन्ताेष बुढाथोकीले बताउनुभयो ।।