कुरुवाखोला उर्लिदाँ बीच खोलामै रोकिनथ्ये विद्यार्थी

शिवु खनाल
देउखुरी, कात्तिक
वर्षात्को समयमा खोला घटेपछि वा खोला बढ्नु भन्दा पहिल्यै विद्यार्थी विद्यालयमा पुग्नु पर्ने बाध्यता थियोे । समयमै विद्यालय पुग्न सकिएन भने घर फर्किनु पर्ने वा जंगलमै बस्नुपर्ने बाध्यता झेल्दै आएका थिए राजपुर गाउँपालिका वडा नम्बर ७ तालि र सुनपत्रि खोलाका विद्यार्थीहरु । पुल नहुँदा तालि र सुनपत्रि खोलाका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन् थिए, राजपुर गाउँपालिका वडा नम्बर ७ कुरूवा खोला कृष्ण प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर रानाले भन्नुभयो,–। ‘कृष्ण प्रा.विमा अध्ययनरत विद्यार्थी कुरुवा र तालि खोला गाउँ जोड्के कुरुवा खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन् ।’ उहाँले भन्नुभयो,–।

‘कुरुवा खोलामा स्टिल ट्रस पुल निर्माण भएको छ । कुरुवा खोला हुँदै सीमावर्ती क्षेत्र जोड्ने पदमार्गमा पर्ने कुरुवा खोलामा निर्माण भएको पुलले आउजाउ सहज र सुरक्षित बनाउन सघाएको छ । यसअघि सो ठाउँमा बर्खायाममा खोलामा बाढी आउँदा वारपार गर्न समस्या हुने गरेको थियो ।’ स्थापना २०४८ सालमा स्थापना भएको कृष्ण प्राविमा ६० जना रहेका विद्यार्थी मध्य कुरुवा खोलादेखि पश्चिम तालि र सुनपत्रि खोला गाउँबाट करिब ३० जना विद्यार्थीहरु अध्यनका लागि आउने गर्ने गरेका छन् ।

कृष्ण प्राविमा अध्ययनरत विद्यार्थी खुमा वलीले कुरुवा खोलामा पुल नहुँदा खोला तरेर बालाबालिका विद्यालय आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘खोलामा पुल नहुँदा बालबालिका दिनहुँ खोला तरेर विद्यालय आउजाउ गर्नुपर्ने बाध्यता रहेको थियो । लामो समयदेखि पुल नहुँदा जोखिमपूर्ण रुपमा विद्यालय आउने जाने गरेका थिए ।’ ‘पानी परेपछि खोलामा पानीको बहाव बढ्ने गरेको र विद्यार्थीहरूलाई विद्यालय आउन जानै समस्या हुने गरेको थियो ।

पुल बनेपछि अहिले त्यो समस्या सदाका लागि अन्त्य भएको छ ।’ तालि र सुनपत्रि खोला गाउँका बालबालिकाहरु यस कृष्ण प्रावि मात्रै नभएर राजपुर गाउँपालिका वडा नम्बर ७ कै मावि सिक्टाका बालबालिका पनि अध्ययनका लागि आउने गरेको राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष पुष्कर वलीले बताउनुभयो । उहाँले भन्नुभयो,–। ‘लमहीको तेलिया, कोलतरा, तरुलिया, र राजपुरको लैबरुवाको सीमानामा यो विद्यालय रहेको छ । कुरुवा खोलामा पुल नहुँदा त्यहाँबाट आउने विद्यार्थीलाई समेत जोखिम मोलेर आउने गर्ने गरेको थिए ।’ ‘पुल निर्माणपछि बालबालिका जोखिमपूर्णरूपमा खोला तरेर विद्यालय जान पर्ने बाध्य अनत्य भएको हो । अव जोखिम मोलेर होइन, सहज रुपमा बालबालिकाहरु विद्यालय आउजाउ गर्ने गरेका छन् ।’
पुल बनेपछि विद्यार्थीसंगै स्थानियलाई पनि सहज

राजपुर गाउँपालिका वडा नम्बर ७ कुरुवा खोला स्थित ट्रस पुल बनेपछि बालबालिकासंगै स्थानियहरुलाई सहज भएको छ । विगत लामो समयदेखि पुल नहुदाँ समस्यामा रहेको सिक्टा, गल्छु, राताकास, कुरुवा, तालि, सुनपत्रि लगायतका स्थानियलाई पुल बनेपछि आवत–जावतमा सहज भएको छ । गाउँबाट पूर्वपश्चिम राजमार्ग आउन समस्या हुदै आएको थियो । गाउँमा जान विभिन्न खहरे खोला पर्दछन ।

ट्रस पुल बनेपछि सहज भएको स्थानियहरुको भनाई छ । बर्खाको समयमा आवत–जावतमा समस्या भोगिरहेका स्थानियहरुले पुल बनेपछि आवतजावत गरिरहेका छन् । पानी परेको बेला बजार जान र विद्यार्थीलाई पठन–पाठन गर्न समस्या भएको थियो । कज्बे बनाएर पनि नबन्न सक्ने स्थित रहेको कुरूवा खोलामा पुल बनेपछि अहिले स्थानियहरु पुल बाटै आवतजावत गर्ने गरेका छन । कुरूवा खोला हुदै सवारीसाधन बाट यात्रा गर्दा चिप्लो माटोको कारण दुर्घटनाको जोखिम हुने गरेको थियोे । पुल निर्माण पछि रातविरातमा अटोमा विरामी बोकेर अस्पताल आउजाउ गर्ने गरिएको छ । राजपुर गाउँपालिकाको १५ प्रतिशत, बाकी संघीय सरकारले विनियोजित बजेट र स्थानीयबाट दुई प्रतिशत जनश्रमदानबाट पुल निर्माणको काम सम्पन्न भएको ।।