चाडपर्वमा खसीबोका बेच्न किसानलाई भ्याइ नभ्याइ

शिवु खनाल
देउखुरी, ३० असोज
दाङका बाख्रापालक किसानलाई चाडपर्व नजिकदै गर्दा खसी बोका बिक्री गर्न भ्याइ नभ्याई छ । दाङको लमही नगरपालिकाको वडा नम्बर ७, ८ र ९ लाई बाख्रा हवको रुपमा विकास योजनाका साथ स्थानीय सरकारले दिर्घकालिन रणनीति बनाएर काम गर्न थालेपछि प्रत्येक बर्ष किसानहरु खसी बोका बिक्री दर बढाउँदै लगेका छन् ।

विशेषगरी महिलाहरु खसी बोका पालन तर्फ आकर्षीत छन् । उनिहरु महिला सहकारी स्थापन गरी समहुमा आवद्ध भएर सहुलियतमा ऋण लग्ने र व्यवसायीक रुपमा बाख्रापलन गर्दै आइरहेका छन् । लमही नगरपालिका वडा नम्बर ९ र राजपुर गाउँपालिका वडा नम्बर ७ का किसानहरु आफुले उत्पादन गरेका खसी, बोका र बाख्रा सहकारीद्वारा सामुहिक रुपमा संकलन गरी बजारीकरण गर्न थालेपछि आत्मनिर्भर हुँदै गएका छन् । ग्रामिण गृहणी महिलाले पालेका खसी बाख्राले उचित बजार मुल्य नपाई रहेको बेला उनीहरुले पछिल्लो समय सहकारी मार्फत बजारिकरण गर्न थालेपछी साना किसानहरुको बजारमा पहुँच सुनिश्चित भएको छ । आफुले उत्पादन गरेका खसी र बोका सहकारीमार्फत बिक्री गरेपछि राम्रो आम्दानी भएको बताउछन् ।

सहकारीमा आबद्ध महिला दिदीबहिनीहरुले पालेका खसी, बोका हचुवामा मोलमोलाई गरेर बिक्री गर्दा घाटा व्यहोर्नु परेको सम्झदै लमही नगरपालिका वडा नम्बर ९ रिहार निवासी मनकुमारी डाँगीले भन्नुहुन्छ,–। ‘पहिला गाउँमा आउने व्यापारीले राखेको मुल्यमा बिक्री गर्दा घाटा हुन्थ्यो तर, अहिले तौलेर बिक्री गर्दा फाइदा हुने गरेको छ ।’
बजारिकरणमा समस्या नहोस् भन्नका लागि आफुहरुले सहकारी मार्फत यो काम सुरु गरेको उहाँले बताउनुभयो । निम्न आयस्तर भएका महिला उद्यमीहरुलाई व्यवसायिक बाख्रा पालनमा आवश्यकता अनुसारको सहयोग स्थानीय सरकारले गरेमा यो व्यावसाय अंझ फस्टाउने कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाले बताउनुभयो । दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष देविमाया थापाले सहकारी संस्थामा बाह्रसय दशजना किसान आवद्ध भएकोमा छसय जनाले बाख्रा पालन गर्दै आएको त्यसमा २० देखि २५ जनाले मुख्य पेसा नै बाख्रापालन रोजेको जानकारी दिनुभयो । गत बर्षको तुलनामा यसवर्ष खसी बोका ३० प्रतिसतले बढेकोले बजारीकरणको लागि स्थानीय सरकार, गैरसरकारी संस्थासंग समेत पहल गरिरहेका छौ, अध्यक्ष देविमाया थापाले भन्नुभयो,–। ‘किसानसंग खसी बोका खरिद गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र स्थानीय बजारमा बिक्री गर्ने गरेका छौ ।’ स्थानीय बजारको भन्दा राम्रो मुल्यमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गर्ने भएकाले किसानहरुले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बढी भन्दा बढी खसी बोका खरिदको लागि आग्रह गर्ने गरेका छन् ।

कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाले तौलका आधारमा मूल्य भने फरक फरक कायम गरेको छ । ३० किलोलाई पाँचसय पैतिस प्रति केजी र पैतिसदेखि पचाँस किलोसम्म पाँचसय पचाँस प्रति केजीका दरले खसि र पाँचसय विस प्रति केजीका दरले बोका खरिद गर्दै आएको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक हेमनारायण चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसवर्ष किसानका खसिबोका दुईसय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई विक्री गरेको बताउनुभयो । आफुहरुको बजेट सिलीङ अनुसार मात्र खसी बोका खरिद गर्ने भएकाले धेरै परीमाणमा उठाउन नसक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड केन्द्रिय कार्यालयले जनाएको छ । मुल्य सरकारले तोकेअनुसार नै दिने गरेका छौ, तर कोटा सिमीत हुने भएकाले स्थानीयले बढाउन माग गरिरहनु भएको छ, देउखुरी क्षेत्रमा खसी बोकाको उत्पादन बढी भएको देखियो, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसिपुरका तिलक सुनारले बताउनुभयो ।

बाख्रापलनको लागि गैरसरकारी संस्थाले पनि सहयोग ग्रेको छ । हेपर इन्टरनेशनल नेपाल नामक संस्थाबाट कसिानहरुलाई घाँसको विउ र प्राविधिक सहयोग र बजारी करणमा सहयोग पु¥याउदै आएको हेपर इन्टरनेशनल नेपालका कार्यक्रम अधिकृत गोपाल भुषालले जानकारी दिनुभयो । उहाँले किसानको घरघरमा गएर खसिबोका भर्चुअल कलेक्सन सेन्टर (भिसिसि) सक्टोएरबाट तथ्यांक संकलन गर्ने गरेको र जसले गर्दा बजारीकरणमा सहज हुने बताउनुभयो । उहाँले सहकारीमा कति खसिबोका छन् भन्ने तथ्यांक थाहा पाउन सकिने बताउनुभयो ।।