उत्पादनलाई व्यवसायीक र औद्योगिकरण गर्न आवश्यक ः मेयर चौधरी

दाङ,  असोज । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले निर्वाहमुखी उत्पादनलाई व्यवसायीक र औद्योगिकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । ठिक्क खान पुग्ने उत्पादन गर्ने र धेरै उत्पादन गरेर प्रशोधनमा लगि उद्योगकारुपमा उत्पादनलाई लैजाने तर्फ सोच नै बन्न नसकेको बताउनुभयो ।

मुक्तकमलरी विकास मञ्च दाङले मुक्त कमलरी शसक्तिकरण परियोजना अन्तरगत स्थानीय उत्पादनको प्रबद्र्धन तथा बजारीकरण बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले निर्वाहमुखी उत्पादनलाई बृद्धी गरेर उद्योगकारुपमा विकास गर्न सके मात्रै आर्थिक सम्पन्नता र आत्मनिर्भर हुन सकिने बताउनुभयो ।

मञ्चका केन्द्रिय अध्यक्ष हिरामती चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले टमाटरको सस, मासुहरुको परिकार, तरकारी एवं फलफूलहरुको पनि विभिन्न खाले परिकारहरु प्रशोधन मार्फत लामो समय सम्म खान मिल्ने गराउने र निर्यात गर्ने लक्ष्य राखेर व्यवसायहरु सञ्चालन हुन आबस्यक रहेको उहाँको भनाई छ ।

आफ्नो उत्पादनमा आँखा नलाग्ने तर आयातित बस्तुहरु नै गुणस्तरीय छन भन्ने सोचले नै स्थानीय उत्पादनको प्रबद्र्धन र बजारीकरणमा समस्या सृजना भएको बताउनुभयो । स्थानीय उत्पादनहरुको प्रबद्र्धन र बजारीकरण गर्नका लागि सिप, तालिम र वित्तिय साक्षरता सँगै उद्यम विकास तालिमहरु सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।