वडाले गर्‍यो उबासंघका पदाधिकारीलाई सम्मान

शिवु खनाल
देउखुरी, १४ असोज
लमही नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले लमहीको निजि क्षेत्र उद्योग बाणिज्य संघका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरि लमही नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले संघका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्नूभएकोह हो ।

सम्मान कार्यक्रममा वडाध्यक्ष ओमप्रसाद सुबेदी (सागर)ले प्रदेश राजधानीको उद्योग बाणिज्य संघले गर्ने हरेक गतिविधि अन्य जिल्लाको लागि अनुकरणीय हुनुपर्ने भन्दै यहाँ हुने आर्थिक विकासको हरेक कामको नेतृत्व लिनुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले संघलाई सवै उद्योगी व्यवसायीहरुको साझा थलोको रुपमा लैजान जोड दिदैँ, उद्योगी व्यवसायीहरुको हितमा लाग्न नयाँ नेतृत्वलाई सुझाव दिदैं साझा बन्न आग्रह गर्नुभयो ।

यस्तै कार्यक्रममा नव निर्वाचित देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकूरीले लमहीमा मात्रै नभइ प्रदेशको आर्थिक बिकासका लागि संघले आफ्नो भूमिका सक्रिय बनाउने प्रतिवद्धता जनाउनुभयो । उहाँले सम्पूर्ण उद्योगी व्यवसायीहरुको हितका पक्षमा काम गर्ने भन्दै कसैलाई पनि आग्रह पूर्वाग्रह नराखिने बताउनुभयो ।।