अनेरास्ववियु लुम्बिनि प्रदेश सह-सचिवमा दाङका प्रबिन

अनेरास्ववियु लुम्बिनि प्रदेश सह-सचिवमा दाङका प्रबिन पुन मगर सर्वसम्मत चयन भएका छन ।
असोज १३ र १४ गते बुटवलमा सम्पन्न प्रथम प्रदेश अधिवेशन बाट सन्तोष बाठाको अध्यक्षतामा ५१ सदस्य सहितको नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्य समितिमा क्रमशः उपाध्यक्षमा नारायण भुषाल, मदन भण्डरी, सरोज ठकुरी सचिवमा रमेस ढकाल सह -सचीव मनीसा ज्ञावाली, प्रबिन पुन मगर, शोभाखर गीरि र कोसाध्यक्ष अन्जीत खनाल रहेका छन ।
नवनिर्वाचित अध्यक्ष बाठाले शैक्षिक क्षेत्रको नीति निर्माणको तहमा लुम्बिनिको उपस्थितीलाई प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन।

अनेरास्ववियु दाङ्को नेतृत्व गर्दै लुम्बिनी प्रदेशको प्रथम अधिवेसन मा एक सहसचिव प्रबिन पुन मगर सहित ७ सदस्य सर्वसम्मत नीर्वाचीत हुनुभएको छ क्रमशः सङ्गिता भण्डारी, मन्जु देवकोटा, खेमराज डिसि, सङ्गित अधिकारी, शिवराज खत्री, सागर गिरि, विशाल चौधरी ।

हालै सम्पन्न प्रदेश अधिवेशनमा अनेरास्ववियु जिल्ला कमिटी दाङले ६८ प्रतिनिधिको प्रतिनिधित्व गराउदै प्रदेश अधिवेशनमा नेतृत्वले उत्कृष्टता हासिल गरेको सह-सचिव राजन घर्ती मगरले जानकारी दिनु भयो ।