दाङका सयवटै वडामा डिजिटल पार्टी कार्यालय स्थापना गर्ने

दाङ,  भदौ । नेकपा माओवादी केन्द्रले दाङका एकसय वडामा डिजिटल प्रविधियुक्त पार्टी कार्यालय स्थापना गर्ने भएको छ । ती सबै वडा कार्याललाई डिजिटल युक्त बनाउने भएको छ । माओवादीले सबै वडा कार्यालयमा कम्प्युटर सहितको व्यवस्थित गराउने निर्णय गरेको छ ।

‘अहिलेको जमाना नै डिजटलयुक्त हो, अब हाम्रा सबै गतिविधिको अभिलेख डिजिटल प्रविधिबाट गरिने छ,’ माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले भन्नुभयो, ‘अब हाम्रा एक सय ओटै वडा र १० पालिकाले आफूले गरेका सबै गतिविधि कम्प्युटरकृत गरेर माथिल्लो कमिटी समक्ष पेश गर्नुपर्ने छ ।’ पार्टीले सबै वडा कमिटीमा कम्युटर सम्बन्धि काम गर्न जान्ने कर्मचारीको व्यवस्था गर्ने छ ।

नेकपा माओवादी केन्द्रको ‘जनतासंग माओवादी बिशेष रुपान्तरण अभियान’ अन्तरगत घोराहीमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पार्टीका स्थायी कमिटी सदस्य एवंम् अभियानका जिल्ला संयोजक जयपुरी घर्तीको अध्यक्षतामा बसेको तीन महिने अभियानलाई व्यवस्थित गर्न पार्टी कार्यालय संचालन गर्न लागेको जानकारी दिनुभयो ।

बैठकले कर्मचारी सहित कम्यूटर व्यवस्थापन गरी वडाको सम्पूर्ण कामको अभिलेख वडा÷वडामा नै राखिने जानकारी दिनुभयो ।

यस्तै बैठकले १० वटा पालिकामा खाता संचालन गर्ने,पार्टी सदस्यता नविकरण गर्ने ,आर्थिक सहयोग संङकलन गर्ने, अभियानका क्रममा श्रमशिविर संचालन गरिने जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

पहिलो चरण अन्तरगत भदौ २३ देखि असोज २७ गते सम्म जनतासंग भेटघाट,छलफल लगाएतका दैनिक कार्य तालिका निर्माण गरी गाउँमा अभियान संञ्चालन गरिने जानकारी दिनुभयो ।