शिवु खनाल
देउखुरी, २२ असार
लमही नगरपालिका वडा नम्बर ८ भौका ज्ञान ज्योती आधारभूत विद्यालयका विद्यार्थीहरु हरेक दिन भुइँको धुलोमा बसेर पढिरहेका हुन्छन् । भवन जीर्ण भइसकेको र डेस्क बेन्चहरु पनि नभएका कारण उनीहरु धुलोमा नै बसेर पढ्न बाध्य छन् । विद्यालयमा वर्षेनी विद्यार्थीको संख्या बढे पनि बसाइको व्यवस्था नै मिलाउन नसकेको विद्यालय प्रधानध्यापक बिहारी चौधरीले बताउनुभयो । केही सेटमात्र पुरानो बेञ्च थिए, त्यो पनि मंसिर ४ को संघ र प्रदेशको चुनावको मतदानमा प्रयोग हुदा भाँचिएर गए, विद्यालय फर्निचरविहीन भएको छ’ उहाँले भन्नुभयो । धेरै वर्षदेखि नयाँ फर्निचर किन्न नसकेको र पुरानो फर्निचर भाँचिदै गएकाले अभाव भएको हो । विद्यालयको जीर्ण भवनको छानो पनि चुहिने भएकाले कक्षाकोठामा धुलो र माटो जमेको छ । कक्षाकोठा भए पनि बस्न लायक नभएको प्रधानाध्यापक बिहारी चौधरीले बताउनुभयो । २०५८ सालमा स्थापना भएको सो विद्यालयको भौतिक संरचना निर्माण तर्फ सरोकारवाला पक्षको ध्यान नपुगेको अभिभावकको गुनासो छ । सो विद्यालयमा करिब २ सय विद्यार्थी रहेका छन् ।
विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थी भुइँमा पढ्न बाध्य छन् । उनीहरुका लागि डेक्सबेन्च छैन । केहि वर्षअघि नयाँ भवन निर्माण भएपनि बेन्च नहुँदा विधार्थी बस्ने डेक्सबेन्च छैन् । सो विद्यालयका प्रधानाध्यापक बिहारी चौधरीले बेन्च नहुँदा समस्या भएको दुखेसो पोख्नुभयो । विद्यालयको अवस्थाका विषयमा नगरपालिकाको शिक्षा शाखालाई जानकारी दिएको तर कसैले गम्भीररुपमा नलिएको बिद्यालयका प्रधानध्यापक चौधरीको गुनासो छ । कक्षाकोठामा विद्यार्थीहरुका लागि बस्ने बेन्चहरु नहुँदा कहिलेकाँही चौरमा र भुइको धुलोमा राखेर पढाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । बस्ने ठाउँ नभएकाले पानी परेका बेलामा विद्यार्थीहरु विद्यालय नै आउँदैनन्, उहाँले भन्नुभयो,–। ‘विद्यालयका सबै कक्षाकोठामा विद्यार्थीहरु धुलोमा बस्ने गर्छन्, फर्निचर नहुँदा उनीहरुलाई व्यवस्थित रुपमा बसाइ मिलाउन सकिएको छैन । कसरी विद्यार्थीलाई अध्यापन गराउने समस्या छ ।’
राप्ती फिडद्धारा विद्यालयलाई फर्निचर सामाग्री हस्तान्तरण
लमही नगरपालिका वडा नम्बर ८ सतवरियामा रहेको राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिले ज्योति आधारभूत विद्यालयलाई फर्निचर सामाग्रीहरु हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु शुक्रवार राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिका अध्यक्ष लिलाराम खनालको नेतृत्वमा विद्यालयका प्रधानध्यापक बिहारी चौधरीलाई हस्तान्तरण गरिएको हो । यसरी वितरण गरिएका समाग्रीहरुमा विद्यार्थीहरु सजिलैसंग बस्न बेन्चडेस्क गरि दुइलाख तीसहजार मुल्य बराबरको सरसामाग्रीहरु रहेका थिए । विद्यालयका प्रधानध्यापक बिहारी चौधरीले विद्यालयको गतिविधिबारे प्रकाश पार्दै, प्रा.लिले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिले यस प्रकारको सहयोग पु¥याउने छ भन्ने आशा व्यक्त गर्नुभायो ।
कार्यक्रममा राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिका अध्यक्ष मागगरे अनुसार फर्निचरका समाग्रीहरु उपलब्ध गराएको जानकारी दिनुभयो । उहाँले राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत निकट भविष्यमा विपन्न बस्तीमा पुगेर सामाजिक योगदान कार्यक्रम संचालन गर्ने बताउनुभयो । लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेशकुमार खड्काले आगामि आर्थिक वर्षको बजेटबाट विद्यालयलाई चाहिने आवश्यक सामाग्री उपलब्ध गराउने बताउनुभयो । राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिका अध्यक्ष लिलाराम खनालको अध्यक्षता एवम् लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष उमेशकुमार खड्काको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा प्रा.लिका सदस्य इश्वर प्रकाश श्रेष्ठ, कृष्ण श्रेष्ठ, विद्यालयका प्रधानध्यापक लगायतले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नुभएको थियो । त्यसैगरी राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिले लमही नगरपालिका वडा नम्बर ८ स्थित सतवरिया स्वास्थ्य चौकीलाई शुद्ध खानेपानी पिउनका लागि खानेपानी फिल्टर हस्तान्तरण गरेको छ । राप्ती फिड ईन्र्डष्ट्रिज प्रा.लिका अध्यक्ष लिलाराम खनालले लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष एवम् स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष उमेशकुमार खड्कालाई हस्तान्तरण गर्नुभएको हो ।।
