बबई गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षद्वारा सवारी साधन फिर्ता

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल तथा उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको गाडी गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको छ ।

I
अध्यक्ष तथा उपाध्यक्षमा निर्वाचित भएपछी आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गरिएको हो ।

आचारसंहितामा लागू भएपछी बिभिन्न स्थानिय तहका जनप्रतिनिधिहरुले आफुहरुले प्रयोग गर्दै आएको गाडी हस्तान्तरण गर्ने क्रम चलिरहेको छ ।