निर्वाचन सकिएलगत्तै मतगणना गर्ने तयारी

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन सकिएलगत्तै मतगणना गर्ने तयारी गरेको छ । आज स्थानीयत तहको निर्वाचन देशैभर एकैचोटी हुँदै छ ।

मतदानको एकदिन अघि तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनका क्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतगणनाको काम तत्कालै सुरु गरिने जानकारी दिएका हुन् ।

आयुक्त थपलियाले भने, ‘सुरक्षित हिसाबले मतपेटिका गणनास्थलमा पुगिसकेपछि मतगणनाको काम सुरु गरिने छ, त्यस लगत्तै हामीले मतगणना सुरु गरिने छ।’